Ads 468x60px

Thursday, January 31, 2013

थाहा हुन्छ प्रेम...


रगतको सिउदो भर्नेलाई थाहा हुन्छ प्रेम
आत्मवाट माया गर्नेलाई थाहा हुन्छ प्रेम

हाँसी– हाँसी माझीको डुङ्गा सयर नगरी
आँशुको समुन्द्रमा तर्नेलाई थाहा हुन्छ प्रेम

फर्केको फुलको डाली तर्फ नजर नलगाई
पिरतीको विरुवा छर्नेलाई थाहा हुन्छ प्रेम

ईन्द्रेणीको रङ्ग सँग कहिल्यै खुशी नमिसाई
मनको वस्तीमा सर्नेलाई थाहा हुन्छ प्रेम

झुटको संसारमा...


झुटको संसारमा कसम खाने छैन
जोशमा होसहरु गुमाई जाने छैन

संसार हाँस्ने अनौठो ईन्द्रजालमा
आफ्नो भाग्यको दोष ठाने छैन

जुनेली जुनमा पनि छाती पोल्दा
पुज्ने देवतालाई आफ्नो माने छैन

चर्कोको घाउलाई आशुले मात्र धुदा
धरोधर्म तिखा वचनहरुले हाने छैन

Tuesday, January 29, 2013

गजल वाटिकाको १० औं भाग



संचालकः– विष्णु अवस्थी र जोशी नवराज प्रकृतिको साथमा सुन्न नभुल्नुहोला

Saturday, January 26, 2013

गजलका थुँगाहरु भाग– एक


नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा कतै माया प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम- "गजलका थुँगाहरु"

सँगै सयर गरौ अव किनार छेउका डुंगाहरुसग
आउनुहोस वसी वियालोमा जुटौ गजलका थुँगाहरुसग



Friday, January 25, 2013

माघमा...

जिन्दगीको अन्तिम हुदैछ भूल माघमा
दोहोरो किनाराको वन्दैछ पुल माघमा

हरियाली या उराठ भईजाला जिन्दगी
मोहनीरस चुहाउने फुल्छ फुल माघमा

खडेरीले वातावरण ठप्प पारेको वेला
सागरझै उर्लिन्छ प्रितीको मुल माघमा

दुवोको माला लगाएर टिका निधारमा
हुनेछ घरमा मान्यजनको हुल माघमा

Thursday, January 24, 2013

गजल बाटिकाको ९ औं भाग सुन्न नभुल्नुहोला

रेडियो कार्यक्रम;- "गजल बाटिका"
आजको  प्रस्तुतीमा

"बिष्णु अवस्थी" र "निर्मला भाट अदिप्तु" बिचको
सवाल जवाफ



Tuesday, January 15, 2013

गजल वाटिकाको ८ औं भाग


गजल वाटिकाको ८ औं नयाँ भाग सुन्न नभुल्नुहोला ।

संचालकः– विष्णु अवस्थी र जोशी नवराज प्रकृतिको साथमा



Tuesday, January 8, 2013

गजल वाटिका ७ औं भाग "सवाल~जवाफ " विशेष

यस् अंकमा पोखराका गजल सर्जक "अर्जुन पौडेल" अनी चितवनकी गजल सर्जक साथी "फुच्ची जमुना" अनी महाकाली गजल प्रतिस्ठानका "अध्यक्ष जनक रसिक" र उपाध्यक्ष "सरिता जोशी" बिचको "सवाल जवाफ"

Thursday, January 3, 2013

Khakendra Saud Samarpan's gazal.mpg

प्रिय मित्र तथा गजलकार खकेन्द्र साउद सर्मपण सर्मित मेरो डिजाईनमा एक "गजल भिडीयो"



फुल स्क्रिनको लागि यहाँ Click गर्नुहोला 

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel