Ads 468x60px

Monday, March 24, 2014

कविता “प्रेम पत्र”

उडाई रहेछ हावाले खुल्ला आकासमा
कवि, गजलकार
डा. निरज भट्टराईसंग 
सायद, कसैले देख्न सकेका छैनन्
च्यातिएका मेरा प्रेमपत्रका टुक्राहरु ।।

जव,
टुक्राटुक्रा भएका ती मेरा शव्दहरु
जोडिनेछन अक्षर अक्षर मिलेर
र, शव्दहरुले कविताको आकार लिनेछन् ।।


सायद,
उसैलाई नै गिज्याउने छन्
च्यातिएका ती प्रेमपत्रहरुले
मेरो नाम लिएर....  

गजल ३२९ (साँझ परेपछि)

पठाउछ जूनले खवर साँझ परेपछि
मात्न थाल्छ पुरै शहर साँझ परेपछि

प्यासी छ मन पिउने तल्तल् बढ्नसक्छ
नचलाउनु लाली अधर साँझ परेपछि

चन्द्र पनि तलाउमा विलाएको देख्दा
पलाउछ त्यस्तै रहर साँझ परेपछि

वर्षौदेखि लगातार देखीरहेछु एउटै सपना
सुनाउनेछु त्यसको असर साँझ परेपछि

जसलाई भुल्ने कसरतमा दिन ढल्ने गर्छ
भिजाई दिन्छ उस्ले नजर साँझ परेपछि
© अर्जुन दृष्टि पौडेल,
पोखरा

गजल ३२८ (समर्पित हुनेछ

गुलावको फुल तिमिलाई समर्पित हुनेछ
यसरी मेरो जीवन तिमिमा आधारित हुनेछ

रमाऊ एकैछीन यो एकान्तमा तिमी र म
तिम्रो त्यो अधरको मुस्कान नै संगित हुनेछ

त्यो पहाड झै मौन नवस्नु प्रिया कदापी
मौनता अदृश्य लडाई हो हारजीत हुनेछ

पहिलो नजरमै प्रेमिल आभाष मनमा बढ्दा
तिम्रो जीवन मेरो जीवनमा समाहित हुनेछ

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel