
गुलावको फुल तिमिलाई समर्पित हुनेछ
यसरी मेरो जीवन तिमिमा आधारित हुनेछ
रमाऊ एकैछीन यो एकान्तमा तिमी र म
तिम्रो त्यो अधरको मुस्कान नै संगित हुनेछ
त्यो पहाड झै मौन नवस्नु प्रिया कदापी
मौनता अदृश्य लडाई हो हारजीत हुनेछ
पहिलो नजरमै प्रेमिल आभाष मनमा बढ्दा
तिम्रो जीवन मेरो जीवनमा समाहित हुनेछ
0 comments:
Post a Comment