Ads 468x60px

Saturday, September 29, 2012

कहाँ सक्छु म

मेरो मनको तरेलीवाट अरुलाई तान्न कहाँ सक्छु
चाहनाको गगनमा डुली पराईनै छान्न कहाँ सक्छु

रहरको सागर सुकाई हजारौंमा एक छानी दिदा
धोकेवाज वनि तिखारुपी वचनले हान्न कहाँ सक्छु

अजम्वरी सपना मनमानै फुलाई राखी साँच्दा साँच्दै
आगोको झिल्कालाई पिलाउदै पवित्र मान्न कहाँ सक्छु

मनको वगैंचामा पवित्र फुलको थुंगा बनी पाउदा
हितैको मायालाई विषालु काँडासरी वान्न कहाँ सक्छु

देख्न सक्छु र ?

तिम्रो आँखावाट आशुनै झरेको देख्न सक्छु र ?
परेलीमा साँचेको माया मरेको देख्न सक्छु र ?

आँखा भित्र अनी मुटुमाझ तिमि मात्रै छाउदा
एक्लै छाडेर स्वर्गतर्फ तरेको देख्न सक्छु र ?

मेरा पीरव्यथा थाती राखी तिम्रो विदाई पछि
आत्मानै रुवाई लगन गरेको देख्न सक्छु र ?

जुनेलीको रात साक्षी राखी बुनेका ती सपना
जीवन्त नवनाई त्यसै टरेको देख्न सक्छु र ?

Saturday, September 22, 2012

सुरज भिरखोईरे र अर्जुन पौडेल (म)

अहिलेको जल्दावल्दा हाँस्य कलाकार तथा मुस्तककार सुरज भिरखोईरे  जी र मेरा विचको भएको श्रृजनाको भलाकुसारी (दोहोरी)

















गुलाब भै अर्कैको दिलमा फुलि निस्ठुरिले
सिउदो भरि पराइसङ्ग डुलि निस्ठुरिले
हजुर बिना एक पल बाच्दिन भन्ने गर्थी
आखिर तेइ एक रातमै भुली निस्ठुरिले

अर्जुन पौडेल (म) 
काँडा जति तिमिलाई छोडी गए अव
मायालाई कुचि पाईला मोडी गए अव
भन्न सवै भनियो कुनै याद भएन
तिम्रो कुकूरे मायाको वाचा तोडी गए अव//

होचाले नभेटे अग्लाले तुर्नी भन्छु
हुलमुल मा बच्न परे दुकुर्नि भन्छु
प्रेम गरि प्रेम मा धोका दिनेलाइ
अरु जे भनुन तर मत कुक्कुर्नी भन्छु

 अर्जुन पौडेल (म) 
माया पाउञ्जेल हृदयकी मेरी रानी मान्यौं
शरिरसँग खेल्ने आशमा सधैं औला गन्यौ
ईच्छा पुरा गर्न नसक्नले मायाको विउ छर्दा
पागलको आँखामा आखिर सवै पागलै ठान्यौं //

तपाइ बिना मर्छु भन्दै आसु झारेउ उति बेला
ललाइ फकाइ माया जाल मा पारेउ उति बेला
मलाइ पनि माया गर्नै अौने हैन नि हो
तर तिमि सधै बिहे पछि भनि टारेउ उति बेला

 अर्जुन पौडेल (म) 
पागल प्रेमीको अनुरोधमा मिठो वोली दिए मैले के विराए
माया जस्तो लाग्दा मनपेट खोली दिए मैले के विराए
झुठ्ठा आश्वसनको खेती जस्तो लाग्दो तिम्रो चरित्र ठानी
योवनका तिर्खा मेट्न खोज्दा घोली दिए मैले के विराए//

माया गर्छन् सबै, झुटो पनि सच्चा भको कस्लाइ थाहा छर?
जति जति पक्का भन्छन त्यति कच्चा भको कस्लाइ थाहा छर?
खालि सिउदो देखायेर कुमारि भन्दै हिन्छेउ तिमि
सट्या सुटु भित्र भित्रै बच्चा भको कसलाइ थाहा छर ?

 अर्जुन पौडेल (म) 
तिम्रो ईच्छा अखिर एउटै मेरो चाहनासँगै रातमा
माया पिरती खेल हो, जित्नेहार्ने आफ्नै हातमा
समय नेटो काट्दा तिमी उही पुरानै संस्कारमा
तीन महिना हुँदा मिल्काई दिए फोहोरको खातमा//


साँढे तीन फुट हाइट पुग्यो ? एक पटक नाप सानु
जतिले माया गर्छु भनेनी मायाको गाग्रो थापा सानु
तिम्रो बेलै येस्तै थियो किन नमिल्काउन फोहोर को खातमा !
सत्र बर्सको उमेर मै किन बोकेउ तनि दुनियाको पाप् सानु

अर्जुन पौडेल (म) 
जति हाईट भएपनि शरीर आखिर दुई टायरले वल्छ
जति माया थापे पनि योवनका तिर्खा आफै जल्छ
दोष सधै लिन्छु हजुर, तपाईको सधै जय जयकार
उमेरले यौवनलाई छेक्दैन रुप हुनेको चोला यसैगरी चल्छ 

समाप्त

फरकपनको श्रृजना

स्वर्गकी परीहरुका यादमा सधै भरी रात काँटे
उनीहरुका लागि जामा अनी मेरा कट्टु फाँटे

एक्लै यादहरु भगाउन उसकै नाम जप्ने धोको
जति प्यास पिलाउदा पनि सधै मायाको भोको 

वैंशका तिर्खा मेटाउने त्यो काली मोरीको घेरो
एकान्तमा सम्झी सम्झी विग्रने भयो तन मेरो

मोरीको आगमनका दिनमा दारी जुँगा सवै काँटे
वारसय थान कोट पाईन्ट अनी सुरवालहरु फाँटे

स्वर्गकी परी मानी विस्तारामा तलमाथी गरी रुँदा
पटक्कै शान्ती भएन यौवन तिर्खा रातभरी धुँदा
मनका तिर्खालाई थाम्नु बच्चा देखिकै खेल हुँदा
सपनीमै भएपनि निको हुन्थ्यो मेरीले ठाउँमै छुँदा

Wednesday, September 19, 2012

मेरो परिचय


अनुरोध 
मिलन अनी विछोडको भावमा बहदा,पागलप्रेमी नमान्नुहोला 
बेदनाको रंगवाट आनन्द फैलाउँदा,अनुभूतीका पीडा नठान्नुहोला 

आगो पिएको कल्पनामा डुवी, जुनको शितलता छर्दा
पागलको संसारमा यो अर्जुन पौडेलाई नराख्नुहोला 


खासै साहित्यक विधामा पोक्त त छैन, तैपनि नेपाली शव्दसँग भलाकुसारी,लुकामारी खेली मनको तरंगवाट उत्पादित शव्दलाई सुन्दर वनाउने प्रयास गरी तपाईहरु माझ पस्कने गर्दछु....
अर्जुन पौडेल 


संक्षिप्त परिचय 

नाम       :–  अर्जुन पौडेल 
जन्म मिति  :– २०४५ वैशाख १० गते 
स्थायी ठेगाना:–  विचारीचौतारा–२ फुलवारी,स्याङ्गजा 
हाल       :–  पोखरा–१७, कास्की 
पेशा       :–  कालिका कम्प्युटर एण्ड सप्लार्यस पोखरा 
वैवाहिक स्थितीः– एकल (Signal)
ब्लगनाम   :–  जीवन खुल्ला पुस्तकालय  
अन्यसेवा   :–  कानूनी व्यवसायी (लेखनदास)
अध्ययनः–
  • एल.एल.सी. (श्री जनप्रिय माध्यामिक कमेरे–१, स्याङ्गजा 
  • दश दई जोड (श्री जनप्रिय उच्च माध्यामिक सिमलचौर, पोखरा)
  • स्नातक, वि.वि.एस. (पृथ्वीनारायण क्याम्पस, पोखरा) अध्ययनरत 
संलग्नताः–
  • Computer Association of Nepal-Kaski (Member)
  •  नेपाल लेखापढी व्यवसायीक संघ, कास्की
    प्रकाशित कृतीहरुः–
    • विभिन्न सञ्चार माध्याम, पत्रपत्रिका, वेवसाईट, व्लग पेजमा लेख, रचना गजल, हाईकू, कथा 
    • गजल संग्रह “जीवन खुल्ला पुस्तकालय” तयारीमा         
    सम्पर्कः–
    फोन नं. :- ९८५६०३३०४६
    इमेल   :–  ab.arjunp@gmail.com/ ab.arjunp@yahoo.com


    ----------------------------------------------------------

    मेरो आफ्नै प्राईभेट अफिसको वारेमा 
           कुनै पनि देश विकासको लागि सुचना तथा प्राविधिक क्षेत्रले महत्वपूर्ण भुमीका खेलेको हुन्छ  जव सुचना तथा प्राविधिक क्षेत्रको विकास हुन्छ तव देशका जनता शिक्षीत हुन्छन्  देशको विकाश सम्भव हुन्छ  त्यसकारण देश विकास तथा जनतालाई शिक्षित वनाउनका लागि यस क्षेत्रले महत्वपूर्ण भूमीका खेलेको हुन्छ नेपालको प्रसिद्ध रमणीय तथा पर्यटकीय स्थल सुन्दर नगरी पोखरामा अवस्थित तथा माछापुच्छे«को काखमा साथै फेवातालको आगनमा रहेको एक व्यवसायीक संस्था कालिका कम्प्युटर एण्ड सप्लायर्सले विगत १०१२ वर्ष देखी यता आफ्ना विभिन्न सेवा तथा सुविधा पु¥याउदै देशको सुचना तथा प्राविधिक विकासमा विषेश सहयोग पु¥याएको   यो व्यवसायीक संस्था राष्ट्रवैंक चोक– वडा नं मा अवस्थित  
    वि. २०५६ सालमा प्राइभेट फर्म रजिस्ट्रेशन ऐन २०१४ अनुसार दर्ता भई स्थापना भएको प्रा.लीहो  यस प्रा.ली.ले सुचना तथा प्रविधि क्षेत्रमा विभिन्न कार्य गरी स्वेदशी तथा विदेशी जनतालाई सुचना तथा प्रविधिको शिक्षा दिई देशको सुचना तथा प्रविधि क्षेत्रमा महत्व पुर्र्ण सहयोग पु¥याउने काम गर्दछ  यसको प्रमुख कार्र्य All Computer Course, All Types Computer Sales,  All Type Printer Sales, All Types Computer Maintenance, Computer Print, Color Print , Color Photocopy, Photocopy, Lamination, Logo Design, Certificate Design, Printer Maintenance, Cartage Refill, Fax, Emil + Internet Air Ticketing, Bus Ticketing, Telephone etc. 

            आजको व्यावसायीक आधुनिक जगतमा कुनै पनि व्यावसयिक संस्था प्रतिस्पर्धाविना बच्न सक्दैन  त्यसैले कुनै पनि व्यवसाय्ीक संस्थाले द्धिर्घकालीन रुपमा सफलता हासील गर्न तथा आफ्नो स्थायीत्व प्राप्त गर्नको लागी धेरै कुराहरुमा ध्यान दिनुपर्दछ  त्यसै गरी यस संस्थाले पनि आफ्नो स्थापना कालदेखी नै आफ्ने कार्यक्षेत्रमा पुर्णरुपले सफलता हासील गर्दै आएको   फलस्वरुप शुरुको स्थापना कालमा राष्ट्रवैक चोकमा प्रधान कार्यालय गर्दै आएको  अहिले पृथ्वीचोकन्यूरोड पोखरा तथा स्याङ्जा जिल्लाको हेलुईमा पनि शाखा विस्तार गरेको पाईन्छ  कयौं स्वदेशीतथा विदेशी जनतालाई कम्प्युटर शिक्षाकम्प्युटर विक्री तथा मर्मतफोटाकपी तथा कम्प्युटर सम्वन्धी सम्पुर्ण सेवा प्रदान गर्दै आएको   नेपालमा सुचना तथा प्रविधि युगमा गुणस्तरको छवी बनाएर चल्ने प्रा.ली.हरु मध्येमा कालिका कम्प्युटर एण्ड सल्लायर्स प्रा.लीपनि एक हो 

    Tuesday, September 11, 2012

    धारिलो काँडा जस्तै मेरो मन


    धारिलो काँडा जस्तै मेरो मन, बन्छु फूल जस्तै तिम्रै मायाले..... विलाउन लागेको शितको थोपा जस्तै , वहन्छु मूल वनी तिम्रै मायाले ..... छेद विच्छेद जस्तै हुन लागेको मुट, तिम्रै मायाले पुल वनि जोडिरहेको ..... जब तिमी आयौ कण थिएँ धुल भएँ वनायो तिम्रै मायाले...

    तीज विशेष



    अव उत्ताउलो प्रवृत्ति छाएरै तीज मनाईन्छ
    डिस्कोमा वियरसँग दर खाएरै तीज मनाईन्छ

    सधैभरी चुलाचौका कति गरौं हजुर मेलापात
    भैसी वेचीवेची ज्वलर्स धाएरै तीज मनाईन्छ

    पवित्र जन्मथलो माईती गाउँ आँगन भुलीकन
    पार्टी प्यालेस जताततै आएरै तीज मनाईन्छ

    ईज्जत ढाक्ने पहिरन गुन्यू चौबन्दी फाली
    नाईटो देखाउने साडी लाएरै तिज मनाईन्छ

    आफ्नै संस्कृती अनी रितीरिवाज सबै भुली
    पुरुषका रत्यौली भाखा गाएरै तीज मनाईन्छ

    Thursday, September 6, 2012

    खुशी छु म



    फूलै फुलको थुँगा पाएर खुशी छु
    नतोडिने कसम खाएर खुशी छु

    गोधूली साँझमा घामको पाईला खोज्न
    मायालुको वस्तीमा धाएर खुशी छु

    तिम्रै निम्ती कोरिएका सुन्दर गजल
    मन्दमन्दमा आफै गाएर खुशी छु

    सारा वन्धन हटाई मनको पीडा मेट्न
    जूनीभरको माया लाएर खुशी छु ♥♥

    सल्लाह सुझाव छोड्नुहोस

    मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel