Ads 468x60px

Tuesday, July 22, 2014

गज़ल~ (आफ्नो परिधीबाट)


शितल गिरी, कमल संघर्ष,
किशान र गाउले ठिटो सँग 
जिन्दगी बुझाउछ उसले आफ्नो परिधीबाट
सिकेर कहिले पो सकिन्छ र नदीबाट

आज खुट्टा टेक्ने भएसी चिन्दिन भन्यो
जसलाई कुनैदिन हिडाइयो आफ्नै छातिबाट

महलका खुशीहरुमा भुइचालो जानेछ
जव हामी मुस्कुराई दिनेछौं झुपडीबाट

कमाउन भन्दा बढि सिकाएन किताबले
बरु बाँच्ने कला सिकिरहेछु जिन्दगीबाट

पत्थरमा शिर झुकाएर कहिल्यै केही पाईन
जति पाउनु पर्ने त्यो पाएको छु साथीबाट

©अर्जुन दृष्टि पौडेल
पोखरा

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel