Ads 468x60px

Thursday, November 29, 2012

आजभोली..


तिमि रिसाउदा माखो मर्दैन आजभोली
नवोली वस्दैमा केश झदैन आजभोली

ओवानो चरित्र वनाउन नखोज्दा हुन्छ
विग्रेको आर्दश पटक्कै टर्दैन आजभोली

तिम्रो व्यवहार मज्जैवाट  वुझेको हुँदा  
तिम्रो आनीवानी मन पर्दैन आजभोली

मनको ईच्छा मनमा लुकाउने वानीले
वैज्ञुनिका अघि खुट्टा सर्दैन आजभोली

Wednesday, November 28, 2012

वावुरामलाई


आखिर फोहरी खातमा मिसाए वावुरामलाई
नवल्ने सलाई वनाई चिसाए वावुरामलाई

दासढुंगा हत्याकाण्ड पछाडी फेरी एकपटक
हात खुट्टाहरु वाधेरै पिसाए वावुरामलाई

ताल्चा  थमाएर  स्टेरिङ्ग  अनेत्रै मोडाउदै
काँडाहरुको वाटो पारी घिसाए वावुरामलाई

जन–जनका वोलीवाट निस्कने ती स्वरहरु
ईच्छा नपलाउने  गरी रिसाए  वावुरामलाई

हाईकू..


तिम्रो जोवान
के हर्ष के विस्मात
जान्न सकिन ()

तिम्रो कपाल
लौरी हतियार
त्यसै भो नास ()

तिम्रो नयन
भो डाँडैको चौपारी
छैन सितल ()

Sunday, November 25, 2012

गजलका पानाहरु 17th


कार्यक्रम - गजलका पानाहरु
संचालक - गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा,
  
सृंखला -17
समय - इजरायल - बेलुका - ८ बजे देखी
रेडियो - अन लाइन रेडियो- रेडियो हाम्रोसंसार 
2069-08-09अर्थात 24 Nov 2012, गजलका पानाहरु 17th
इन्टरनेट दुनियाको आवाजको दुनियामा अनलाइन रेडियो 'रेडियो हाम्रो संसारको' प्रस्तुती गजल सर्जक अनी गज़ल अनुरागी मित्रहरुको एउटा छुटै कार्यक्रम गजलका पानाहरु Gazalaka panaharu  "गजलका पानाहरु-Episode-17 th" तपाइँ हामीले नै facebook पेज गजलका पानाहरुमा पोस्ट गरेका गजलहरुलाई लिएर आज शनिबारको सृङ्खलामा पनी संचालक 'गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा'जी उपस्थित हुनु भैसक्नु भएकोछ  इन्द्रमान आत्माको साथमा सुन्नुहोस -



Friday, November 16, 2012

हाईकू..

आफै जिस्कदा
दिमाख खराव भो
च्याट वक्समा (१)

छाएको खुशी
उनको त्यो वोलीले
हरायो हाँसो (२)


मनकी रानी
हाँसो ठट्टा गर्दैमा
गाँठो मनमा (३)

रसाए आँखा
मन भित्रको ताना
मन नै उस्तै (४)

मनको छाया
हट्दैन अव फेरी
वोली नसुनी (५)

Sunday, November 11, 2012

बिना आगो अव...

बिना आगो अव जल्नु छैन
त्यो फरीया सँग चल्नु छैन

सारा खुशी म आफै सजाई
पापी याद सम्झी गल्नु छैन

यो मनको कोठा दीप वाल्दा
जल्ने त्यो मैनमा बल्नु छैन

आफ्नै छाया  मुटु  भरी हुँदा
माया गाँसी आफै छल्नु छैन

Saturday, November 10, 2012

गजलका पानाहरु-15 औं भाग

http://arjunpaudel.blogspot.com/
अन लाइन रेडियो - रेडियो हाम्रो संसार,
रेडियो हाम्रो संसारको एउटा छुटै गजल सर्जक अनी गजल प्रेमी मनहरुको कार्यक्रम गजलका पानाहरु -http://www.facebook.com/gazalakapanaharu गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्माको साथमा सुन्न नभुल्नु होला कार्तिक महिनाको अन्तिम सृंखला भएकोले स्रष्टाको गजल स्रष्टाकै आवाजमा अर्थात् गजलकारहरुकै आवाजमा काठमन्डु चापागाउँका गजलकार # निरा लामा # जी को शब्द गजल संगै सुरवात हुनेछ र तल नाम भएका गजलकार हरुको आ-आफ्नै आवाजमा गजलहरु !

१) शिव रेग्मी , - गोविन्दपुर् - २ मोरङ नेपाल
२) मिना पुमा राइ - लेबनान
३) आशिष दनाई - बेशी शहर लमजुङ् नेपाल
४) सजना गुरुङ - इजरायल
५) दीपक प्रताप थापा - लमजुङ् ,हाल- यु ए इ
६) शेर्पिनी कान्छी -इजरायल
७) पोषकुमार राइ महेश्वोरी -२ खोटाङ् हाल-साउदी
८) नेपाली दीप मिलन - हाल- कतार
९) विबश पुमा - खोटाङ् हाल-साउदी
१०) अर्जुन पौडेल - पोखरा नेपाल

कार्यक्रम -गजलका पानाहरु
रेडियो - रेडियो हाम्रोसंसार
संचालक - इन्द्रमान आत्मा
समय -इजरायल - ८ बजे बेलुका
अन लाइन लग अन - अनलाइन रेडियो हाम्रो संसार www.radiohamrosansar.com ..">
..

Saturday, November 3, 2012

गजलका पानाहरु-14

http://arjunpaudel.blogspot.com
कार्यक्रम- गजलका पानाहरु संचालक -गजल प्रेमी औसीकोरात्मा इन्द्रमान आत्मा रेडियो- रेडियो हाम्रो संसार समय =इजरायल बेलुका ८ बजे देखी शनिबार यो सृङ्खलामा प्रसारण भएका गजलहरूको गजलकार हरुको नाम- १} कृष्ण कुसुम - ------------ ---- --- सिन्धुली ! {२} मिना पुमा राई - ------------ खोटाङ्,हाल-लेबनान ! {३} रुपेश"अनमोल"फत्र - भारपा- ३ पाँचथर,हाल- मलेशिया ! {४} शिव रेग्मी - -- - गोबिन्दपुर् -२ मोरङ् नेपाल ! {५{ सनम गोले - दामन मकवानपुर,हाल - मलेशिया ! {६} रत्न शमशेर थापा 'निर्दोषी'-गजुल रोल्पा,हाल-दोहा कतार ! {७] बिमल पहराई - --- -हाडहाडे -५ गुल्मी,हाल-दोहा कतार ! {८} आशिष दनाई - -- --- ---- बेशीशहर लम्जुङ् नेपाल ! {९} कोमल भट्ट - --- ---- काठमाडौँ हाल न्युयोर्क अमेरिका ! {१०} नेपाली दीप मिल - - रुद्रपुर रुपन्देही,हाल -दोहा कतार ! {११} अबिरल सागार सौगात - ---- बुटवल,सालझण्डी रुपन्देही ! {१२} शेर्पिन्नी कान्छी - हाल ------ --- ----- ------ -- इजरायल ! लग अन- अन लाइन- www.radiohamrosansar.com

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel