
आखिर फोहरी खातमा मिसाए वावुरामलाई
नवल्ने सलाई वनाई चिसाए वावुरामलाई
दासढुंगा हत्याकाण्ड पछाडी फेरी एकपटक
हात खुट्टाहरु वाधेरै पिसाए वावुरामलाई
ताल्चा थमाएर स्टेरिङ्ग अनेत्रै मोडाउदै
काँडाहरुको वाटो पारी घिसाए वावुरामलाई
जन–जनका वोलीवाट निस्कने ती स्वरहरु
ईच्छा नपलाउने गरी रिसाए वावुरामलाई
0 comments:
Post a Comment