Ads 468x60px

Saturday, December 27, 2014

गजल (रुखहरु)

एउटै जंगलमा मिलेर अटाइरहेछन्  रुखहरु
मान्छेलाइ बाँच्ने कला सिकाइरहेछन् रुखहरु

मिच्नै खोज्ने सधै हडप्न खोज्ने मुखियाजस्ता  
बनमारा झारको कथा सुनाइरहेछन् रुखहरु

आयतन फरक छ प्रत्येकको उचाई फरक छ 
तर किन एउटै बतास पठाइरहेछन् रुखहरु ?

आधि तुफान धेरै आयो उनीहरुको जिन्दगीमा
आफ्नो स्थान भने सधै जोगाइरहेछन् रुखहरु

एउटा बाउले बच्चालाई खेलाए जस्तै गरेर   
छातीमाथि हामीलाई हिडाइरहेछन् रुखहरु

© अर्जुन 'दृष्टी' पौडेल

Thursday, December 25, 2014

गजल (अभाव देखाएर सधै)

भारतीय अग्रज कबि/ गजलकार

अभाब देखाएर सधै अभाब मेटाएको छ
उस्ले यसरि आफ्नो जिन्दगि चलाएको छ

अब सुबास दिनु अगाडी फूलहरुले सोच्लान
उनीहरुको कारण यहाँ अरु कोहि रमाएको छ

यस्तो भैरह्यो भने बिर्सन कसरि सकिन्छ ?
सास फेर्ने बतासमा कसैले याद पठाएको छ

आउ तिमि पनि एक पटक समाएर बिचार गर 
जुन हातसंग मृत्युले धेरै पटक हात मिलाएको छ  

जिबन युद्द हो प्रतेक पल जित्न सम्भब हुदैन
मलाई अर्जुनको इतिहासले यो कुरा सिकाएको छ

© अर्जुन 'दृस्टी' पौडेल
पोखरा

गजल (धेरै जसो जिन्दगी)

धेरैजसो  जिन्दगी चलाईन्छ सपनाबाट
सपना पूरा हुन्छन् मात्र योजनाबाट

बचपनमा नै उसले हतियार चलायो
सायद जन्मीएको हुनुपर्छ यातनाबाट

पहरा कसरी रसाउछ थाहा भएन
आखा रसाउछन उसैको सम्झनाबाट

उ सफल हुनुको एउटै कारण रहेछ
सधै सधै मुस्कुरौछ  आफ्नै बेदनाबाट

अर्जुन सफल हुन्छ या हुदैन भविष्यमा
आजसम्म सफल भाछ पुरानै निशनाबाट

अर्जुन 'दृस्टि' पौडेल

कबिता (गुनासो)

उदायो पहाड माथिबाट
एक बिहानै घाम
च्या च्या आबाजबाट
घामसंगै  मेरो जन्म भयो

म संगै जन्मीएको त्यों घाम बरफ जस्तो छ
त्यों घाम सिरेटो जस्तो छ
यो समजले यस्तो बुझ्यो की
घामबाट निस्केको घाम समाजको थियो
घामबाट निस्केको घाम हराएको थियो

जीन्दगीको घड़ी घुमे जसरी
समयले हुर्कौउदै
समयले सिकाउदै
दुई खुट्टा टेक्ने बनाएर उभाई दियो
यही समाजमा ।

यो समाजसंग कुनै दुश्मनी छैन
यो समाज संग कुनै रिसईवी छैन
र यो सामाजको हिस्सा रहेको छु
यही समाजले रहनु भएकी मेरी आमालाइ
आमाको रुपमा सम्मान गर्छ
सेताम्मै कपाल फुलेकी आमाल़ाइ पूर्ण मान्छ
यही समाजले सबथोक ठान्छ

तर पनि
यो समाज सँग गुनासो छ-
मेरै आमालाई सबथोक मान्ने समाजले
मलाई सधै बाबू नभएको टुहुरोबाट सम्बोधन गर्छ ?

© अर्जुन 'दृस्टि' पौडेल

गीत (घामले कोल्टे फेरेछ)

"Fukuoka Stadium 2014"

झिम्काउदा उनले परेली घामले कोल्टे फेरेछ ।
मेरो दिलमा छाया पर्यो अनी माया बसेछ ।

बतासले उड़ाउदा उस्को मुस्कान आकासमा
गुलाब फत्रिएछ उन्कै शिरमा सजिने बिश्वासमा ।
आकार बदलीरहने बादलले हामीलाई देखेछ
मेरो दिलमा छाया पर्यो अनी माया बसेछ ।

चन्चल आखाहरू नदेख्दा मुटू बहुलाउछ होला
चिराचिरा परेको खेतझै जीवन फाटछ होला ।
सम्हाल्दा सम्हाल्दै आखाबाट आशु खसेछ
मेरो दिलमा छाया पर्यो अनी माया बसेछ ।।

झिम्काउदा उनले परेली सूर्यले कोल्टे फेरेछ ।
मेरो दिलमा छाया पर्यो अनी माया बसेछ ।।

© अर्जुन 'दृष्टी' पौडेल पोखरा

गजल (मनले भन्छ जसरी)

मनले भन्छ जसरी पनि जोगाउनु पर्छ
तर हररात उसैलाइ आखाले बगाउनु पर्छ

यसरी ऋणमा परीसकेका रहेछौ हामी
सायद अब मरेपछी पनि कमाउनु पर्छ

आज तुफानले आफ्नो मजबुरी सुनायो
भन्यो, मलाई तिम्रै आखामा सजाउनु पर्छ

यस्तो युद्ध यहाँ कसले चलाई रहेछ
जहाँ जवान छोराले बालाई हराउनु पर्छ

लक्ष्यपनि कैले कही भ्रममा हुन्छ अर्जुन
तैले ऐनामा हेरेर पानीमा हिर्काउनु पर्छ

© अर्जुन दृष्टी पौडेल

कबिता (ढलेको रुख)

कसले बिगारी दियो तिम्रो मन
जबानी  किनबेच हुने बजारमा बसेर
तौलिदै छौ शरीरको मोल

कति हजारको नोटमा छिनोफानो गयौ
कर्कलाको पात माँ अडिएको पानी झै
टिलपिल गरीरहेको जबानी

कुन खाडलमा पुरियको छ
तिम्र्रो इज्जत को अस्तीत्व
र करोडौ दुखले थिचीए जस्ती देखिंछौ ?

कसले चिथोरो तिम्रा गाला
तिमीमा तिम्रो सुगन्ध भेटीदैन

कहा कहा पुरयौउ अहिले सम्म
त्यों तिम्रो यौवनको प्यास
र बन्यौ सीदान्तहीन
करोडौ आसुहरुको यौटा बस्तिमा

आखिर अहिले के बन्यौ ?
तिम्ररा आखा छन , दृष्टी छैन
तिम्रो मुख छ शब्द छैन
तिम्रा हात छन साथ छैन

तिमि संग सबथोक भय पनी
केही नभए जस्ती

चौतारीको ढलेको रुख जस्तै किन देखिएकी छौ ?

© अर्जुन दृस्टि पौडेल

गजल (यी मान्छेले ईष्वरलाई पनि)

यी मान्छेले इश्वरलाई पनि यसरि झुक्याउने  छन
भगवान भेटिदा समेत पत्थरको हात समाउने छन्

आज सुनको गलैचामा हिड्न लगाउनेहरुले 
भोलि पाइताला पगालेर बाटो बनाउने छन

अझै पनि हामीहरु चस्मा लगाई राख्यौ भने
उज्यालोलाइ देख्दा खेरि आँखाहरु डराउनेछन

यी अभाबहरू भन्नु पनि त शिक्षकहरू रहेछन
जसले जिन्दगीको बर्णमाला हरघडी  सिकाउनेछन

यता आउदा यहि कुराले  काँडासरि घोचिदिन्छ
मेरो लागि धेरै जना आफ्नो आँखा बिछ्याउनेछन्

गजल (ब्यापार रहेछ परीबर्तन)

ब्यापार रहेछ परिबर्तन हरक्षण बदलिन्छ   
हिजो मान्छे बेचियो भोलि समय बेचिन्छ
 
ज़िन्दगी पनि एक चन्द्रमा जस्तो लाग्छ
हरबखत कुनै न कुनै ठाउमा दाग देखिन्छ

तिम्रा यादहरू सबै आँखाबाट बगाइदिए
अब किनाराका बगरहरुको प्यास मेटिन्छ

यो मन हलुंगो बनेको जस्तो लाग्दैछ अचेल 
सायद तिम्रो दिलको तलाउमा पनि तैरीन्छ

धैर्य र प्रयास रहेछ मान्छे भएर बाच्ने कला
एउटा मात्र गुम्यो भनेपनि जिन्दगि सकिन्छ 

© अर्जुन दृष्टी पौडेल
पोखरा 

कबिता (दशै)

कयौ बिवश्तामा अल्झिएर
गुमनाम गुमनाम
हुदै गएका
हजारौ सपनाझै,

चाहना थुपारीएका भकारीमा
बाध्यताको जिन्दगी देखेर
तप तप
बिलाईरहेको
बलुवाको पानीझै,

हावाले उडाएर
यत्रतेत्र छिरलिएका
सडक वस्तुहरूका
अन्तहीन गन्धझै,

आयुको
अन्तिम अबधीले
बिस्तारै-बिस्तारै
नजिक आएर बोलाएझै ।

हरेक बर्ष
आइपुग्छ - दशै
करोड़ौ आशुहरुको बस्तीमा
 बनेर शितका थोपाझै  ।।
© अर्जुन दृष्टी पौडेल

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel