Ads 468x60px

Friday, August 31, 2012

कुन काम पहिला कस्ले सुरु गर्यो ?


मादक पदार्थ ------ भगवान शिव
डान्स बार --------- भगवान इन्द्र
चोर्ने --------------- भगवान कृष्ण
पर गमन --------- भगवान बिष्णु
अत्यधिक सेवन --- भगवान गणेश
कुरा काट्ने --------- नारद मुनि
बिश्वाश गरि हाल्ने - भगवान राम
कोठी ------------------द्रौपती

फोकटमा हाम्लाई मात्र किन दोष ???

"अठोट" एक अर्थ अनेक


) मित्रहरूलाई गरिने अठोट को अर्थ हो - विस्वसनिय हुनु
) ग्रहाकहरूलाई गरिने अठोट को अर्थ हो - राम्रो सेवा दिनु
) वैबाहिक सम्बन्धमा गरिने अठोट को अर्थ हो - वफादार हुनु

) शिश्टताप्रतीको अठोट को अर्थ हो - शालिन भद्र हुनु

) राश्ट्रियताप्रतीको अठोट को अर्थ हो - समर्पण
) कामप्रतीको अठोट को अर्थ हो - निश्ठा इमान्दारिता
) समाजप्रतीको अठोट को अर्थ हो - जिम्वेवार हुनु

"सम्बन्धको जड अठोट हो,सामिप्य हितैशीपन होइन"

Sunday, August 12, 2012

मात्रै भयो


माया पीरती अर्कैको नासो मात्रै भयो
शुत्रु वैरी दुनियालाई हाँसो मात्रै भयो

मुटु टुक्राएर उसैलाई भाग दिदा पनि
आज हाँसोखुशी रोक्ने पासो मात्रै भयो

पाए हुन्थ्यो


तिम्रै मनको आगनीमा खुल्न पाए हुन्थ्यो
कलेजी मुटुमा सधैभरी फुल्न पाए हुन्थ्यो

गन्त्व्यविहीन जिन्दगीको थकाई यात्रा
मायालुको काख वसी भुल्न पाए हुन्थ्यो

नदिए हुन्छ



कसैको मुटुमा वास नदिए हुन्छ
तिर्खा मेटाउने गास नदिए हुन्छ

पोखिएका तिम्रा योवनका खुशी
मुटु फुटाउछु त्रास नदिए हुन्छ

Tuesday, August 7, 2012

आत्मवाटै भन्छु जन्मघर छोडी आउ



आत्मवाटै भन्छु जन्मघर छोडी आउ
समाज र परिवारको जेल तोडी आउ


जिन्दगीभर आँखाभित्रै अटाएर राख्छु
जुनीजुनी भरलाई पाईला मोडी आउ

हाईकू ~ " शिरमा माया "

(१)
शिरमा माया
शरीर अन्तै वाँडी
साउने व्रत

(२)
नाडीमा चुरा
वोर्डिङ्ग बच्चा छाडी
रंगिन कोठा


(३)
मख्ख फोनमा
पसिनाको कमाई
विचरा पति

(४)
स्वदेश पति
कमाई सवै स्वाहा
विच्छेद आज

Monday, August 6, 2012

हाईकू ~ "कठ्ठै गुलाफ "


(१)
कठ्ठै गुलाफ
विछोड दाग लाग्दा
फुलेछ बल्ल

(२)
जान्न सकिन
नक्कली माया भिर्दा
निर्मोही माया

(३)
बिर्सन खोज्दा
पापीनीको वोली
चन्कन्छ झन

(४)
जूनले पोल्यो
पाईला अन्तै मोड्दा
एक्कै चौपारी

Sunday, August 5, 2012

जीउन आधाररुपी माया


जो कसैवाट आफुलाई माया गरेको क्षणीक आभास हुन्छ..... कञ्चनरुपी पवित्र माया मुखवाट अवश्य देखिदैन, त्यो आफै व्यवहारवाट झुल्किन्छ जसलाई शिष्टता वोली, कर्णप्रिय आवाज मार्फत व्यक्त गर्न खोज्नु मुर्खता शिवाय केही हुन सक्दैन ... वेदनाको रंगवाट आनन्दको तरंग फैलाउने समथ्र्य चोखो मायावाट दिलाउने झुकावको भाव प्रष्ट महशुस हुन्छ..... आगो पिएर जूनको शितलता छर्ने अदभूत क्षमताले अन्य आत्मालाई विश्वासमा दिलाईन्छ, बल्ल माया त्यो समर्थक जिन्दगी जीउन आधाररुपी माया मान्न सकिन्छ.....

Thursday, August 2, 2012

हाईकू ~ "खसेछ केटो"

(१)
खसेछ केटो
टिप्न खोज्दामा जुन
धराप माया

(२)
सारा सपना
वगेछन खोलामा
अहिले रित्तो

(३)
भाग्य ताक्नु भो
गन्तव्यलाई भुली
व्यर्थ जीवन

(४)
खुशी लुटेर
आशु मात्र पिउदा
उठेन शिर

हाईकू ~ "बहु विवाह"

(१)

बहु विवाह
काँटी जन्ताको हात
नौटंकी आज



(२)
फोडियो सिसी
जंगलीका पालामा
साथी अहिले


(३)

गरियो मज्जा
नायिका कुम सँग
बन्यो नेपाल


(४)
मज्जाको सभा
सहमतीय जात्रा
बिचरा राजा


(५)
काट्दै कुरा
वुझ्दा पनि तलव
पाकेन धान

पापीको संसारमा

चोखो माया लत्याईदिने पापीको संसारमा
कसरी जिउन सकिन्छ घातीको संसारमा

अति माया दिलाउदा अज्ञानी लाग्दो रैछ
वियोगान्त मात्र देखिने तातीको संसारमा

खुशी पनि अवसरवादीको ओठमा छाउदा
झुपडीको अर्थ रहदैन जातीको संसारमा

सञ्चो मानिएला झिकेपछि काँडा खिलवाट
चम्किएको हाँसो लुटिदा रातीको संसारमा ♥♥

Wednesday, August 1, 2012

तिम्रो जस्तै हाल भाछ

मेरी प्रियसी तिम्रो जस्तै हाल भाछ
पीर व्यथाहरु वाट एउटै ताल भाछ

आधी ज्यानै सुक्यो तिम्रो कल्पनामा
आँखी डिल भरी नसुक्ने छाल भाछ

पिरतीको फुले पनि फुल आफै झर्छ
मनको साँघु तर्न खोज्दा जाल भाछ

सानु तिम्रै सम्झनामा पर्खि टोलाउदा
मिलनमा पनि पीडा जस्तै चाल भाछ ♥♥

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel