मौनताले यस्तो जादु गरीदिन्छ कहिले काँही
भित्ताले आवाज निकालिदिन्छ कहिले काँही
आँखासम्म आज आफ्नो काबुमा राख्न सकिन
रोक्दा रोक्दै आफैलाई बगाईदिन्छ कहिले काँही
बतासले समेत घरि घरि ढोका ढकढाक्याउछ
पर्खाइमा बसेको मन झस्किदिन्छ कहिले काँही
म भित्र बसेको छ एउटा तिमि जस्तो मान्छे
उसैसंग मेरो मान्छे हारीदिन्छ कहिले काँही
सबैभन्दा बढी अचेल आफै देखि डर लाग्छ
मैलाई हेरी ऐना पनि चर्कीदिन्छ कहिले काँही
© Arjun Dristi पौडेल
हाल : जापान
Sunday, November 15, 2015
गजल (कहिले काँही)
Labels:
गजल
Subscribe to:
Posts (Atom)