Ads 468x60px

Monday, December 23, 2013

एक अक्षेरिय काफियामा गजल

चितवनका साहित्यक मनहरु
फुच्ची जमुना र सिरु शिलवाल जी सग 

व्यक्तिका प्रत्येक बोलीमा झुट निस्कीरहेछ
सायद यहीवाट आधुनिक युग निस्कीरहेछ

प्रकृतिको नियम बदलिएर हेर्नुस् त मित्र
मध्यान्नमै पूर्णीमाको जून निस्कीरहेछ

अरुको शृङ्गार गरेर के भयो तिमिलाई ?
तिम्रो आफ्नै मुहारमा घाव निस्कीरहेछ

आशुका थोपा मात्र सङ्गालेको गमलामा
हेर्नुस् त कसरी गुलावको फूल निस्कीरहेछ

कविता (उजाड पहाड)

गजलकार
अमृत सुवेदी गुराससँग 
उजाड पहाड अनि तिम्रा नयन
खै ! किन ?
उस्तै उस्तै लाग्छन हिजो आज मलाई

साँच्चै- तिम्रो चेहरा
खै ! किन ?
पहाड जस्तै स्थिर लाग्छ मलाई
र हेरिरहन्छु त्यही स्थिर पहाड
जहाँ तिमी प्रतिबिम्बित भएकी छौ

म आफैलाई थाहा छैन ?
किन यती मुग्ध छु म तिम्रो चेहरामा ?
तिम्रो नयनमा ?
अनी तिम्रो गुलावी ओठको मुस्कानमा ?

हर रात सम्झन्छु तिमीलाई
अनी रमाउछु कल्पनाको संसारमा
तिमी मुसुक्क मुस्काए झै लाग्ने
अधेरिको जून हेरेर
टोलाईरहन्छु म
अनी तिमीलाई नै बोलाईरहन्छु

र मन मनै भन्छु - म मात्रै कती बोलु ?
ए प्रिया केहि त बोलन
म सुन्न चाहन्छु -
कोइलिको झै तिम्रो सुमधुर आवाज

प्रिया, यो मौनता को अर्थ कसरी बुझु म ?

तिमी हरबखत मौन बसिदिन्छेउ
अनी झन झन डराउछु म
र सोच्छु - त्यो पहाड जस्तै मौन बस्ने तिमी
कतै उस्तै निष्ठुरी पो छौ कि ?
कता कता डराएझै पनि लाग्छ आफ्नै मन
र सोच्छु - मेरो जिन्दगीको बसन्त हौ तिमी
यो बसन्त सधै भरी जोगाइ राख्नु तिमीले
मेरो लागि
केबल मेरो लागी जोगाउनुछ प्रिया तिमीले ।

कविता (पक्कै त्यो दिन)


पक्कै त्यो दिन आउने छ,
जुन दिन तिमि र म एउटै हुनेछौ
सारा दुःख वरावर हुनेछ
सुखमा भन्दा दुःख हास्नेछौं

साँच्चै
कस्तो होला त्यो दिन
पक्कै आउनेछ, पक्कै आउनेछ
प्रर्थना गरि रहेकी छु भगवान सँग
पाउने छु वरदान
तिम्रै हातको सिन्दुरको टिका
मायालुपनको रातो चुरा, अनी चोखो माया
दाहिने हात समाउदै,
उकाली आराली झञ्याङमा मेलापात
गर्नेछौं किसानी, रमाउने छौं दुवै जना
रमाउने छौं दुवै जना प्यारो गाँउमा

Wednesday, December 11, 2013

गजल ३२१ (सिक्दैछु)


परेलीको शित पिएर हाँस्न सिक्दैछु
वीरहका गीत गाएर नाँच्न सिक्दैछु ।।

पीरव्यथा सिएर आफ्नै मुस्कान साथ
जूनी भरनै हाँसीखुशी बाँच्न सिक्दैछु ।।

रहरको समुन्द्रमा यो आत्मा नखोजी
श्रम सीप जाँगरहरु साँच्न सिक्दैछु ।।

अध्यारो रातमा भाग्यको दोष नठानी
कर्ममानै आफ्नो शरीर जाँच्न सिक्दैछु ।।

गजल–३२४ (मान्छेलाई)

गजलकार सुमन लम्सालसँग 
अभावले धेरै कुरा सिकाउछ मान्छेलाई
प्रतिशोध भावले नै रित्याउछ मान्छेलाई

उजाड पहाडमाथी उदाएको जुन र घामले
उज्यालो र अध्यारोमा मिलाउछ मान्छेलाई

सपनाका फुलहरु शितले चिस्याएको वेला
आफ्नै छायाले पनि जिस्काउछ मान्छेलाई

एउटा यस्तो यन्त्र आविष्कार गर्दैछ अर्जुनले
एकदिन अवश्य पृथ्वीवाटै धपाउछ मान्छेलाई

मनको कथा संग्रह-४

अर्जुन पौडेल
"वुझ्न नसकिने पीरती"

आगमनको दिनमा माया जोडिए पछि आँखाबाट अनगिन्ती रुपमा आशुका दाना रसाइ रहेको थिए जुन कयौं वर्ष तडपिए पछिका प्रतिक्षाको कडि समाप्त भई नयाँ छाल अनी धारवाट अध्यायको थालनी भई सकेको थियो । मायाको अनुरोध स्वीकार गरी उसले सुन्दर सफा मायाको नयनमा सजाई रहेकी थिई । उसले पटक पटक आफै टोलाई भन्ने गर्थी तपाई मलाई कति माया गर्नुहुन्छ ? म हतपत्त आफै उत्तर नदिऊ ठानी उ प्रति नै प्रश्न तेस्राउने गर्दथ्थे, जुन भावुक भन्दा पनि एक ठ्टयौली पारामा । माया अजम्वरी रुपमा दिन प्रतिदिन उसको मन मुटुमा झांगिदै मनको तलाउमा पौडी खेली समुन्द्रको गहिराई सम्म पुगेको उसको नशालु नयनवाट प्रष्ट रुपमा झल्किन्थ्यो । एकान्तमा वस्दा उसले देखाएको म प्रतिको भावुक मायाको स्पर्शका तरंगवाट मन कतै कतै चस्छ सलवलाउछ, जुन प्रष्ट उसैको यादमा हराएको महशुस गरिरहन्थे । माया हराएको महशुस हुँदा अदृश्य नजरवाट मेरो मनमा जमेको भित्री तंरगवाट नयाँ फुल उही पुरानो वासना आफै भविष्यवाणि मेरो मस्ष्तिष्कवाट नहराउने रुपमा डेरा गराई रहेको छ । 

मायाको संसारमा एक प्रेमीले जति माया पाउनु पर्ने थियो जुन कल्पना भन्दा धेरै हजारौं गुणा वढि उत्तिकै शसक्त अनी पवित्र थियो, जुन उसको मायामा वनावटीपन, स्वार्थी कुनै जालझेल जस्तो देखिदैन, जुन उसको प्रष्ट रसाएका आँखा र मलिन स्वर अनी चेहरावाट झल्किन्छ । उसको निस्वार्थीपन माया देख्दा मेरो वाहरी हाँसो जसो तसो ओठ मुस्कुराएको भान हुथ्यो । आफ्नो मनलाई देखेर मज्जा सँग रिस पनि उठ्थ्यो । मेरो हदृयमा उसको मायाको असली छाप पर्न सकेको छैन किन ? ओठमा वनावटी हाँसो वल गरेर मन्द मन्द रुपमा निस्कीएको छ, उसको मायामा मेरो मन पेट खुल्न सकेको छैन, आफै भित्र अनुउत्तरीत प्रश्नले डेरा जमाई सकेको छ । 
 हृदयको भित्री पाटा देखि नै यस्तो लाग्छ की त्यो निस्वार्थ माया म भन्दा अरु कुनै पुरुषले पाओस, सारा खुशी उसकै लागि दिलायोस, दुवै जना जुनको शितलातामा डुवी, सँगै आगो पिएर आफ्नै संसारमा रमाउनु । किन उसले चाहेर पनि उसको वन्न नसकी हृदयको पाटामा हराई उसको मायाको सामुन्द्रिक छाल सँगै गहिराईवाट सारा खुशी मनमा छायोस ? उसको मायालु केवल ठट्टाको रुपमा मात्र वहन्छ, मेरो शरीरको कुनै पनि कुनामा भेटीदैन । साथीहरुको हृदयकै पाटा देखि आएका कुराहरु “ जोडी ढकुरको वयान त पुरानो भई सक्यो, चौतारी र वर अनी पिपलू त उहिलेका कुरा, माया पिरती त यस्तो होस”...  उनी र म सँगै हुँदा साथीहरु विच निस्केका यस्ता अनगिन्ती प्रशंसाले उनी मन्द मन्द ओठमा हाँसो सहित आँखावाट रसाउने मायाका अनगिन्ती थोपाहरु उनका गाला सम्म आफ्नै वाटोमा वगि रहन्छन् तर मेरो मनमा अज्ञात काउकुती लागि रहन्छ, हृदयका पिडा छछल्कीएर ओठवाट मन्द मन्द हाँसो देखिदा पनि भीत्री पिडामा रोई रहेको थिए । आफ्नै हितैसी मित्र सुभचिन्तकहरुवाट वारम्वार निस्कने शव्दहरु मेरो मस्तिकष्मा कहिल्यै पर्न सकेनन् । 
उसको माया समय झै आफ्नै वेगसँगै वढि रहन्छ, मिलनमा हाँसो भन्दा बढि रोदनका आँशु आँखावाट कहिल्यै नसक्नुे छाल वनि झरी रहन्छन् । मेरो भित्री हृदयवाट हिम्मत छैन मेरै निम्ती वर्सिएका मोतीका दाना रोकु, उसलाई अविरल रुपमा मनको चाहना दिई भित्री हाँसो भित्र रमाउ, तैपनि माया गरि रहन्छे, रुमाली निकाली वर्सिएरका दानाले रुमाल सधै धुनु पर्दथ्यो । जव जव मन देखि साच्चीकै रुने गर्छे तव तव मेरो हृदयवाटै क्रमिक रुपमा हाँसो वढ्दै जान्छ, भित्री हाँसो बढ्दै जान्छ, उ रुदा रुदै थाकि सकेकी हुन्छ तर हृदयको मेरो हाँसो फेरी आफै हराउदै जान्छ ।  
आफ्नै विवशता र विगत पलका अनुभवहरुवाट समय विती रहेको थियो । उसले जति माया दिलाउने प्रयास गर्छे झन् वढि मलाई पीडावोध हुन्छ, मायामा त्याग, तपस्या र पिडा अनी वेदनावाट आशु वगाई रुने गर्छे मेरै अगाडी, तव मात्र मेरो वास्तविक हृदयको हाँसो विस्तारै ओठमा छाँउछ । जव रुँदा आफै थाक्छे ओठमा छाँउदै गरेको मेरो खुशी लक्षण विलाएर जान्छ । 
आफै वास्तविकतामा आगो पिएर जुनको शितलातमा छर्दा, मेरो मनमा कहिल्यै शितलताले वास गर्न सकनेछ । मायाको अभावमा एक्लै महशुस भई सहाराको निम्ती आफ्ना पाईला अगाडी अगाडी वढाउन खोज्छे तर मेरो पाईला भने पछि पछी आफै धकलिन्छ मन देखि । मनको तरंगले पछाडी वाटो देखाई रहेको हुन्छ । उ देखि धेरै टाढा टाढा पुगेको हुन्छु मैले सुन्ने गरी वातावरण गञ्जयमान हुने, बनको न्याउली पनि रुदा रुदै रुन छाड्ने गरी आफ्नो कोकिल कण्डवाट गीत घन्काउछे, आफै खुशीले रमाउछे, नाच्छे जुन म अनी मायाको अभावमा यस्ता क्रियाकलापवाट मनमा झ्न पीडा वेदना प्रष्ट रुपमा झल्किएका हुन्छन, आँखा रसाई मनमा छुट्टै पीडाको अनुभूतीले डेरा जमाउछन् । 
जवरजस्ती हाँस्छु अनी आफै मन वहकिदै ओठको आकृती नै विग्रीई रुन्चे ओठमा रुन्चे हाँसो छाउदा मन्द मन्द भित्री हदृयवाट हाँसो मेरो ओठमा छाउछ, भन्नेले पागल भन्छन, सुन्नेले महामुर्ख ठान्लान, साथीहरुको नजरमा गिरेको मान्छे मानिएला, जुन रुपमा जस्तो सुकै वदनामीका उपनाम लिन तयार छु मेरो भित्री हृदय । उसको त्यो निस्वार्थीरुपी माया, अजम्वरीमाया, चोखो माया जस्तो देखिने कहिलै सहन सक्दिन । जुन हृदय नराम्रोसँग कहिल्यै नमेटिने गरी अतित वनिरहेको छ, जुन हृदयले मेरो जीवन नै संसार ठान्ने, मलाई देउता मानी पुरा गर्ने प्रेमीकासँगको प्रश्न खोजिरहेको छ, जव अन्तरआत्मा देखि लुकिएको प्रश्नको उत्तर पाउछे तव मात्र उसले लागि माया दिन त परै जाहोस, सोच्नसम्म पनि सक्दीन .................
~~~समाप्त~~~~ 

लघुकथाः– "तेश्रो स्थान"

       केही वर्ष अगाडीको कुरा हो त्यस वेला म मा.वि. तहमा अध्ययनरत थिए । पढाईमा भन्दा पनि अन्य क्षेत्रमा उत्तिकै मात्रामा दृष्टि लगाउथे । खासगरी जंगलमा जाने, चरा चुरुङ्गीलाई गुलेलीवाट निसाना लगाउथे, मकै वारीमा ढिकुर तथा चराहरुलाई पासो थाप्ने जस्ता क्रियाकलापमा अव्वल थिए । यसरी दिनहरु ढल्की रहेको थिए । एस.एल.सी. परिक्षाको तयारी गर्ने वेलामा यसरी वरालिएर हिड्नु हुदैन, राम्रो अंक ल्याई यो घरको इज्जत वढाउनु पर्छ भन्दै वावाले मलाई शहरको एक होस्टलमा करिव ७ महिना जति राखि दिनु भयो । होस्टलको नियम कडा हुनुको साथै पढाई प्रति अली संवेदनशील हुदै दिनहरु विती रहे । अन्ततः कक्षा १० को टेष्ट परिक्षामा सामेल भए । पहिला वरालिएर हिडेको, जंगलमा चरा मार्ने, पासो थाप्ने जस्ता क्रियाकलाप गर्न छाडेको मान्छे ७ महिना जतिको कडा मेहनत साथ परिक्षामा समेल भए । केही समय पछि रिजल्ट पनि आयो म विशिष्ट श्रेणीमा पो उत्तीर्ण भएछु । 

त्यसपछि त मेरो मनमा छुट्टै प्रकारको ईच्छाशक्ती विकसित भयो । खुशीले मेरो भुईमा खुट्टा भएन जस्तो लाग्न थाल्यो, मनले आफैले आफैलाई ठुलो सोच्ने, अरुका कुराको प्रवाह नगर्ने, कुराका कुरा पटक्कै नसुन्ने प्रवृत्ति दिन प्रतिदिन मनमा झांगिदै गयो । आफु भन्दा अघिल्लो तहका साथीहरुका कुरा सुन्दा एस.एल.सी.मा त झन चिट चोर्न पाईन्छ, टेष्ट परिक्षा जस्तो कठिन हुदैन भन्ने मेरो मानसपटलमा फैलिरहेको थियो । करिव १ महिना जति थियो प्रवेशिका परिक्षा आउन बाँकी । उक्त अवधिमा होस्टलमा गईन । थोरै मात्रामा अध्ययन र धेरै चिट वनाउने गर्न थाले त्यसपछि प्रवेशिका परिक्षामा पनि समावेश भए र परिक्षा पनि दिए । दिनहरु वित्तै गएका थिए, प्रवेशिका परिक्षाको नतिजा पनि समयमा मै आईपुग्यो । त्यसवेला अहिले जस्तो ईन्टरनेट तथा मोवाईल फोनको सुविधा थिएन गोरखापत्रमा हेर्नु पथ्यौं । मेरा वुवाले गोरखापत्र किनेर ल्याउनु भयो । हतार हतारमा सवै ईष्टमित्र तथा मान्यजनहरु नतिजाको प्रतिक्षामा थियौं । सवैको चाहना अनुमान की विशिष्ट की प्रथम श्रेणी ल्याउने अनुमान थियो तर सवैको अनुमान विपरित तेश्रो स्थानमा पो आएछु । पहिलाको परिक्षामा म भन्दा थोरै अंक ल्याउने साथीहरुले म भन्दा धेरै अंक लाई उर्तिण भएपछि आवेगमा आएर यस नतिजालाई पुनरावोलकन गर्नुपर्छ, परिक्षाको क्रममा पहिलो वेञ्चमा सिट वनाई दिएका कारण अहिले आएको नतिजा मलाई अमान्य हुन्छ भन्दै गोरखापत्रमा मेरो नाम प्रथम श्रेणीमा छैन भन्दै परिक्षा वहिस्कार गर्ने मनोवृत्ती मनमा छाई रहयो र आवेगमा आई गोरखापत्रलाई जलाए । त्यति वेला वावाले भन्नु भएको थियो “अर्जुन वावु, तिमि यो परिक्षामा फेल भएका छैनौं, केही नम्वर पो कम आएको हो, पहिलाको परिक्षाको आफ्नो नतिजा प्रति मात्तियौ, आफै प्रति घमण्ड गरौं, समय सधै एकैनास हुदैन, आफ्नो कर्तव्य पुरा गर्न सकेनौं, भविष्यको गोरेटो वनाउने समय मोजमस्ती मै वितायौं अनी मेहनत परिश्रम गरेनौं र सवैको अस्तिस्तव स्वीकार गरेनौ", अनी कसरी प्रथम श्रेणी आउछ त ?
  अझै पनि उस्तै र ताजा मेरो दिमाखमा आई रहन्छ । त्यसपछिका वाकी समयमा आफ्ना गल्ती कमजोरी हटाई निरन्तर परिश्रममा खटि रहए क्याम्पस लेभलको परिक्षामा प्रथम श्रेणी होईन साँच्चैकै विशिष्ट श्रेणीमा उर्तिण भए ।  
~~~~~~~~~~समाप्त~~~~~~~~~~~~~

Thursday, December 5, 2013

Nepali Gazal by Keesan

अर्जुन दृष्टि व्गलस्पोटको प्रस्तुतीउहाकै आवाजमा हेरी सल्लाह सुझावको अपेक्षा राख्दछु ।

गजल/बाचनः– किशान पौडेल, स्याङ्जा हाल लेखनाथ, कास्की 
डिजाईन, अर्जुन दृष्टि पौडेल, पोखरा

Wednesday, December 4, 2013

उपन्यासः पुलिक (नवराज ढकाल)



रेडियो वाराही पोखराको प्रस्तुती
अक्षरहरुको सिविरमा, शव्दहरुको सम्मीलनवाट एउटा सिंगो पुस्तक
तपाईको जीवन सापेक्ष, तपाईकै छनोटका पुस्तक वाचक
कार्याक्रमः शव्द शिविर(पुलिक उपन्यासका श्रृङखलाहरु)
प्रत्येकः– विहिवार ९ः१५ वजे
प्रस्तोताः रुपीन्द्र प्रभावी 
उपन्यासः– पुलिक (नवराज ढकाल)


Listen & Download
 Episode 1

Download 1:Episode~1 Pulik
Download 2:-Episode~2 Pulik
Download 3:- Episode~3 Pulik
Download 4:Episode~4 Pulik
Download 5 :Episode~5 Pulik
Download 6 : Coming soon

Wednesday, November 27, 2013

कार्यक्रमः– सृजना मञ्च



रेडियो वाराही पोखरा (९९.२ मेगाहर्ज) को प्रस्तुतीः–
समकालिन साहित्यको गोरेटो र मोडहरुको एउटा बिसौनी सर्जक र सिर्जना,
कला र साहित्यको संयोजन
कार्यक्रमः– सृजना मञ्च
प्रस्तोताः– रुपिन्द्र  प्रभावी 
हरेक हप्ताको शुक्रवार राती ९:१५ वजे



Download  :--Click Here

Wednesday, November 13, 2013

Nepali Gazal by Suman Lamsal

गजलकार सुमन लम्साल
"गजलमनहरुलाई फरकपन दिने प्रयासमा" 

अर्जुन दृष्टि व्गलस्पोटको प्रस्तुती
गजलकार चिसापानी, स्याङ्जाली गजलकार सुमन लम्सालको गजल 
उहाकै आवाजमा हेरी सल्लाह सुझावको अपेक्षा राख्दछु ।

गजल/बाचनः– सुमन लम्साल, चिसापानी, स्याङ्जा 
डिजाईन, अर्जुन दृष्टि पौडेल, पोखरा

Wednesday, October 9, 2013

गजल ३२३ (आउछिन उनी)

अनुहारमा पाउडर सजाएर आउछिन उनी
गज्जवका वहाना बनाएर आउछिन उनी

मान्छेको अटेसमटेस भीड लाई छलाउदै
अचम्मैसँग अंग नचाएर आउछिन उनी

जन्मदिनमा उपहार दिएको तीनतले जामा
आफ्नै ठानी लाज पचाएर आउछिन उनी

कहिले पसिना त पानीले भिज्दै आउदा
बस्त्र हेर्दै आफै लजाएर आउछिन उनी

अहिले आएर शंका लाग्दैछ चरित्र माथीनै
किनकी आफ्नै रगत जचाएर आउछिन उनी

Monday, October 7, 2013

शान्ति प्रशाद पोखरेल (अर्जुन दृष्टि)

शान्ति प्रशाद पोखरेल
 दैलेख हाल भारतको कुना काप्चामा
अनगिन्ती भिडमा तिमी नै देखिन्छौ अर्जुन दृष्टि
सच्चाईको हरेक पाटामा लेखिन्छौ अर्जुन दृष्टि ।।

यसैगरी तिम्रो चर्चा हरेक ठाउँ चलिरहोस
दु:ख पश्चात सफलतामा टेकिन्छौ अर्जुन दृष्टि ।।

सबैको सहारा बन निर्दोशलाई ईन्साफ दिदै
दिपबाल्दै हरेक बिहानी भेटिन्छौ अर्जुन दृष्टि ।।

पाखन्डीहरु अगाडि बड्छन सत्यता मिच्दै जब
हरेकको हक दिलाउन फेकिन्छौ अर्जुन दृष्टि ।।

Friday, October 4, 2013

सवाल जवाफ (निश्चल र अनु गौतम) गजल भिडीयो

गजलमनहरुलाई फरक पन दिने प्रयासमा "अर्जुन दृष्टि व्गलस्पोटको प्रस्तुती "

आज निस्चल प्रेमी कान्छा अनु गौतम पोखराको विचको सवाल जवाफ भिडीयो सल्लाह सुझावको अपेक्षा सहित प्रस्तुत गरेको छु ।


Wednesday, October 2, 2013

गजल ३२२ (श्रीमतीलाई)


पतिको नाउँमा राख्नुपर्छ श्रीमतीलाई
आफ्नै पाउँमा राख्नुपर्छ श्रीमतीलाई

आत्तिएर मात्तिनेछन स्वार्थी शहरमा
त्यसैले गाउँमा राख्नुपर्छ श्रीमतीलाई

उडाउन सक्नेहुँदा पसिनाका मुल्यहरु
आफन्तकै ठाउँमा राख्नुपर्छ श्रीमतीलाई

सुख – दुःख सधैभरी वरावरी दिलाउदै
दुखिरहने घाउँमा राख्नुपर्छ श्रीमतीलाई

गजल ३२० (गिज्याउँछ अचेल)

गजलकार नविन नेपालसँग 
पूर्णीमाको जुनले गिज्याउँछ अचेल
दुःखको गुनले गिज्याउँछ अचेल

सरावी तालमा वनेको संगितलाई
साधनाको धुनले गिज्याउँछ अचेल

झुप्राहरुमा वसेर भन्दैछन मान्छेहरु
अकवरी सुनले गिज्याउँछ अचेल

चिनी रोग लागेको मान्छे देखेर
स्वादिलो नुनले गिज्याउँछ अचेल

जातिय विरुद्धमा विचार गराउदा
आफ्नो खुनले गिज्याउँछ अचेल 

गजल ३१९ (कमाउछे धन)

गजलकार रामशरण श्रेष्ठ ज्यूसँग 
कमाउछे  धन उस्ले  रातीको संसारमा
अनौठो निलो डाम देखिन्छ अनुहारमा

अशिक्षा,  अज्ञानता हो की ? वाध्यता
आफ्नो शरिर वेचि रहिछे  वजारमा

जिन्दगीको गोरेटो  खन्न नसकेरै होला
आफ्नै  खुट्टामा  हान्छे वन्चरो हतारमा

छापा मारिएछ हिजो मध्यरातमा फेरी
त्यसैले वनेछ समाचार सवै अखवारमा

प्रश्न चिन्ह उठाई रहदा यही  समाजले
उभिई रहिछे जीवनको अन्तिम हारमा

राम कँडेल (अर्जुन दृष्टि)

राम कँडेल
 बाग्लुङ
यता तिर त पारिएन अर्जुन दृष्टि 
सात समुन्द्र तारिएन अर्जुन दृष्टि १

गजल के लेख्न जानिन्थ्यो हामी
रत फजलमा खारिएन अर्जुन दृष्टि २


मनमा लागेको कुरा आफै लेखें
हाम्लाई अघी सारिएन अर्जुन दृष्टि ३

तेस्तो ठुलो खेलाडी त परीन म
तर कहिल्यै हारिएन अर्जुन दृष्टि ४

बाल्यकाल मैदानमा उत्रिएको हो
सानो भएनी पछारिएन अर्जुन दृष्टि ५ 

राजीन पनेरु (अर्जुन दृष्टि)

राजीन पनेरु
 काठमाण्डौं
प्रत्येक शाखामा अर्जुन दृष्टि छ
लोकभाकामा अर्जुन दृष्टि छ

प्रविधि, विकास, शहर हुँदै हुँदै
गाउँ पाखामा अर्जुन दृष्टि छ

चोरिएला जवानी आत्तिनु पर्दैन
नाका नाकामा अर्जुन दृष्टि छ

एक मात्र लक्ष्य द्रौपदी लैजाने

माछाको आँखामा अर्जुन दृष्टि छ

रहस्य बिक्रम चिमरिया (अर्जुनदृष्‍टि)

संकटमा छु ममाथि लगाइदेउ अर्जुनदृष्‍टि। 
रहस्य बिक्रम चिमरिया
बिर्तामोड झापा नेपाल
सन्ततिका आँखामा जगाइदेउ अर्जुनदृष्‍टि।।

 पुकार सुन आमाको भाब नियाल ति आँखाका। 
फूल जस्ता नानीमा मगमगाइदेउ अर्जुनदृष्‍टि।।

 पीँडा जति भए पनि धैर्यतालाई अंगाल्नु छ।
आँखाबाट आँशुसँगै नबगाइदेउ अर्जुनदृष्‍टि।।

माछाहरु सधैं प्रार्थना गर्दै भनिरहेछन्।
 हे प्रभु! बकुल्लाको भगाइदेउ अर्जुनदृष्‍टि।।

आफ्नै धर्तीमा भएको रहस्य अमुल्य खोतल्न। 
खुलेका नयनलाई सगाइदेउ अर्जुनदृष्‍टि।। 

Thursday, September 26, 2013

सुक परियार (अर्जुन दृष्टी)

हाल सुनाऊ मेरो पोखराको अर्जुन दृष्टी!
सुन्छु पातले छांगा छहराको अर्जुन दृष्टी!!
सुक परियार
कास्की पोखरा हाल कत्तार 


लुकामारी खेलेर फेवातालको आँगनिमा!
माछापुछ्रे ले गर्ने नखराको अर्जुन दृष्टी !!

चिर्दै छाती बग्दथ्यो सेती गण्डकी सेरोफेरो!
गुञ्जन्छन छनछनि क़राको अर्जुन दृष्टी !!

बगाए मोती यहाँ सुन फल्नेछ एक दिन !
बिशाल फाँट अनि ती गराको अर्जुन दृष्टी !!

म गर्दछु स्मरण आँखामा उही आकृति !
प्राकृतिक सौन्दर्य हरा भराको अर्जुन दृष्टी!!

आँशु एकलयात्री आँशु (अर्जुन दृष्टी )

हजारौँको आँखामा म देख्दैछु अर्जुन दृष्टी ।
पीरतीको भाकामा म देख्दैछु अर्जून दृष्टी ।।

आँशु एकलयात्री आँशु
नुवाकोट 
सच्चा नेपालीको शान बोकेर नै हुनुपर्छ ।
दौरा सुराल ढाकामा म देख्दैछु अर्जुन दूष्टी ।।

हो उ झुक्दैन अनि डराउँदैन कसैसँग ।
पूर्व पस्चिम नाकामा म देख्दैछु अर्जुन दृष्टी ।।

सौन्दर्य थपेका छन वातावरणले पनि । 
कोईलीको भाकामा म देख्दैछु अर्जुन दृष्टी ।।

हिमाल पहाड तराई बिभाजित भए नि ।
नेपालकै काखमा म देख्दैछु अर्जुन दृष्टी ।

(माधव सागर ) अर्जुन दृष्टि

माधव सागर
विराटनगर, हाल भारत 
जब जब लेख्छु गजल याद आउछ अर्जुन दृष्टि।
मेरो हरेक शव्द सँग मायाँ लाउछ अर्जुन दृष्टि।

पोखरेली ठिटो हेर फेवातालको डुङ्गा सङ्गै।
नयाँ नेपाल बनाउने गीत गाउछ अर्जुन दृष्टि।

नेपालीको मन मुटुमा देश भक्तिको दियो बाल्न।
साहित्यको बाटो गरी हरपल धाउछ अर्जुन दृष्टि। ।

तरवारको धार होइन कलम सँग खेल्ने गर्छ।
वालक,युवा,व्रिद्ध सब को मायाँ पाउछ अर्जुन दृष्टि।

गाउ शहर खोला नाला सबैतिर शान्ती खोज्दै।

 बुध्द हिंड्ने बाटो लाई पहिल्याउछ अर्जुन दृष्टि।

कोमल भट्ट (अर्जुनदृष्टि)

कोमल भट्ट
पुरानो नैकाप,
काठमाडौँ हाल:-न्युयोर्क,अमेरिका
सुशान्तिको बिगुल फुक्दै आओस अर्जुनदृष्टि
सोझा सिधा निमुखामा छाओस अर्जुनदृष्टि

अन्यायको बिरुद्धमा लाग्नु पर्छ सधैँ सत्य
बोल्दै अघि अघि जाओस अर्जुनदृष्टि

देशै भरि भोकाएर पिल्सेका छन् धेरै
विचरालाई खुवाएर खाओस अर्जुनदृष्टि

गरीव छन् झुत्रे झाम्रे छैन घरमा धरो
सबले लुगा लाउन् अनि लाओस अर्जुनदृष्टि


 गुन्जेकाछन् वेदनाका स्वर चारै तिर
 पीडितको भाषासँगै गाओस अर्जुनदृष्टि

संसारमा सबै भन्दा भावना हो ठूलो

 दु:खी मनको आशिर्वादै पाओस अर्जुनदृष्टि

गणेश भट्ट अणु (अर्जुन दूष्टि)

गणेश भट्ट अणु
तान्द्राङ्ग 7 गोरखा
कसैको लागि यि फिदा अर्जुन दूष्टि
मेरा पनि छन् अनिदा अर्जुन दूष्टि

दायाँ बायाँ हुन्छन दुष्मन हरु
के काम खै तिम्रा सिधा अर्जुन दूष्टि

आज फेरि अर्कि सुन्दरि भेटियो त
नहुदैँ तिमिबाट बिदा अर्जुन दूष्टि

जुनमा दाग पहिल्याउन सक्छन

धेरैको छ यस्ता काइदा अर्जुन दूष्टि

लक्ष्मण 'मिलन' विष्ट (अर्जुन दृष्टि)

लक्ष्मण 'मिलन' विष्ट
अछाम कालिकास्थान
उसले बारम्बार अर्जुन दृष्टि लगाई रहेछ..
 देखेर यो संसार अर्जुन दृष्टि लगाई रहेछ ।।

यो देशको कानुन हातमा लिएर वैरीले..
राष्ट्र माथि एकोतार अर्जुन दृष्टि लगाई रहेछ..!!

भित्तामा नेपालको मानचित्र ईँकित छ..
 बिचरा गजलकार अर्जुन दृष्टि लगाई रहेछ ।

हराएको मान्छे फर्किने आशामा आफन्त..
गरेर ईन्तजार अर्जुन दृष्टि लगाई रहेछ ।।

बर्षौ पछि मिलन भयो प्रेमीको प्रेमिका सँग..

ठानेर चमत्कार अर्जुन दृष्टि लगाई रहेछ ।

निस्चल प्रेमी कान्छा (अर्जुन दृष्टि)

निस्चल प्रेमी कान्छा
रेसुङ्गा साहित्य प्रतिष्ठान
 गुल्मी हाल मुम्बई भारत । 
यै दुनियाँ यै शहरमा छन् अर्जुन दृष्टि...!!
 र त धेरैको नजरमा छन् अर्जुन दृष्टि...!!

कोहि भट्टि भित्र जान्छन कोहि चैँ जगंल भित्र
चौतारीको पिपल वरमा छन् अर्जुन दृष्टि...!!

जस्ले साँचो माया गर्छ जो उन्कै निम्ती मर्छ
उसैको प्यासी अधरमा छन् अर्जुन दृष्टि...!!

मिली जुली सरकार न चलेनी भन्छ ऊ
 मेरै छातीको बगरमा छन् अर्जुन दृष्टि...!!

मच्चीन सक्छ हङ्गामा पोखरा फेवा तालमा

झट्टै ब्युझिने तर्खरमा छन् अर्जुन दृष्टि...!!

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel