![]() |
कोमल भट्ट
पुरानो नैकाप,
काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका
|
सुशान्तिको बिगुल फुक्दै आओस
अर्जुनदृष्टि
सोझा सिधा निमुखामा छाओस
अर्जुनदृष्टि
अन्यायको बिरुद्धमा लाग्नु
पर्छ सधैँ सत्य
बोल्दै अघि अघि जाओस
अर्जुनदृष्टि
देशै भरि भोकाएर पिल्सेका छन्
धेरै
विचरालाई खुवाएर खाओस
अर्जुनदृष्टि
गरीव छन् झुत्रे झाम्रे छैन
घरमा धरो
सबले लुगा लाउन् अनि लाओस
अर्जुनदृष्टि
गुन्जेकाछन् वेदनाका स्वर
चारै तिर
पीडितको भाषासँगै गाओस अर्जुनदृष्टि
संसारमा सबै भन्दा भावना हो
ठूलो
दु:खी मनको आशिर्वादै पाओस अर्जुनदृष्टि
0 comments:
Post a Comment