Ads 468x60px

Thursday, September 26, 2013

(माधव सागर ) अर्जुन दृष्टि

माधव सागर
विराटनगर, हाल भारत 
जब जब लेख्छु गजल याद आउछ अर्जुन दृष्टि।
मेरो हरेक शव्द सँग मायाँ लाउछ अर्जुन दृष्टि। ।

पोखरेली ठिटो हेर फेवातालको डुङ्गा सङ्गै।
नयाँ नेपाल बनाउने गीत गाउछ अर्जुन दृष्टि। ।

नेपालीको मन मुटुमा देश भक्तिको दियो बाल्न।
साहित्यको बाटो गरी हरपल धाउछ अर्जुन दृष्टि। ।

तरवारको धार होइन कलम सँग खेल्ने गर्छ।
वालक,युवा,व्रिद्ध सब को मायाँ पाउछ अर्जुन दृष्टि। ।

गाउ शहर खोला नाला सबैतिर शान्ती खोज्दै।

 बुध्द हिंड्ने बाटो लाई पहिल्याउछ अर्जुन दृष्टि। ।

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel