![]() |
लक्ष्मण 'मिलन' विष्ट अछाम कालिकास्थान |
उसले बारम्बार अर्जुन दृष्टि
लगाई रहेछ..
देखेर यो संसार अर्जुन दृष्टि लगाई रहेछ ।।
यो देशको कानुन हातमा लिएर
वैरीले..
राष्ट्र माथि एकोतार अर्जुन दृष्टि
लगाई रहेछ..!!
भित्तामा नेपालको मानचित्र
ईँकित छ..
बिचरा गजलकार अर्जुन दृष्टि लगाई रहेछ ।
हराएको मान्छे फर्किने आशामा
आफन्त..
गरेर ईन्तजार अर्जुन दृष्टि
लगाई रहेछ ।।
बर्षौ पछि मिलन भयो प्रेमीको
प्रेमिका सँग..
ठानेर चमत्कार अर्जुन दृष्टि
लगाई रहेछ ।
0 comments:
Post a Comment