![]() |
विवश ज्ञवाली (असफल प्रेमी) दिमिक स्याङ्जा हाल यू ए ई |
तिमी अगाडि लम्क
राखेर अर्जुन दृष्टि
अनि विश्वमै चम्क
राखेर अर्जुन दृष्टि
हेर त्यो बालक
धुपले छट्पटाएको छ
जाउ बिस्तारै हम्क
राखेर अर्जुन दृष्टि
आज देशका नेता हरु
फोहोरी भैसके
हो सुनपानी छम्क
राखेर अर्जुन दृष्टि
गर्लान अपहेलना
कतै यो समाजमा
अह तिमी नबम्क
राखेर अर्जुन दृष्टि
जति बेला तिम्रो
जय जय कार हुनेछ
छाति फुलाई गम्क
रखेर अर्जुन दृष्टि
0 comments:
Post a Comment