थाहै हुन्न कुन सफरमा रोकिन्छ्न पैतालाहरू
कैले फूलमा कैले काँडामा ठोकीन्छ्न पैतालाहरू
आगोको गोरेटाहरुमा हिडने बानी परेको हुँदा
तलाउको बाटो भेट्दा आतीन्छ्न पैतालाहरू
सुनको जुता लगाएर सुतेको छ कोहि यहाँ
के भोलि चितामाथि साटीन्छ्न पैतालाहरू ?
खालि खुट्टाबाटै अध्यारोमा यसरि दौडिएछ की
उज्यालोमा चप्पल देख्दा तर्सिंन्छन पैतालाहरू
यस कारण उडेर जून छुने लक्ष्य लिन सकिएन
केबल धर्तीमामात्र विश्वासले भरिन्छन पैतालाहरू
© अर्जुन 'दृस्टि' पौडेल
पोखरा
हाल टोकियो, जापान