खलीपतिको छोरी
खिमाकलीको जेठो छोरा
खहरे खोलाको खोचमा जन्मीएको
उ ख़ुशीराम खकुरेल ।।
बिश्वासका खुट्टाहरू भरिएकों ज़मीनमा
खुर्शानिको बोट ज़त्रै ऊचाई लाग़्ने तकदिर
मरीचका दाना जसरी खुम्चीएको उसको
उदेृश्यको शीर आकाशमा कहिल्यै ठोक्कीएन
न त ज़मीन ख़ुम्चियो न आकास सानो भयो ।।
खतराको खेलमा खेलाड़ी बन्न मन लागेन ।
खरानीको खेल मैंदान खनजोत गर्न मन लागेन ।
परजीबी ताराहरू जसरी पनि खस्न मन लागेन ।
मन लागेन
भिरालो भिरबाट खसेको शीतको खोला बन्न ।।
धारिला बिचारहरुको खुकुरि अड़काउने
पछाड़ीको खल्ती माथी भीरिएकों खूर्पेटो आकार
उसैको ज़िन्दगीको आधा खप्परजस्तो लाग्छ,
आबरण भित्र खादिएकों खर्बुजाको स्वाद जस्तो
खनिया बोटको लहरामा पाकेको फल जस्तो
आधा ज़मीन मुनि रहेको फल जस्तो
उचाईको चन्द्रमा टल्क़ने सुन्दर खत जस्तो
उसको भाग्यमा लाग्यो खग्रास पनि ।।
माक़ुराको जालोंको आकृतिमा
रहरहरू पट्कै ख़ुम्चिएनन ।
समयको खाल्डो भित्र
निरन्तर आफ़नो ल़क्ष्य खोज्यो
र हिड्यो खाडी तिर ।।
यति धेरै खरायो 'ख' ले घेरेर पनि
उसको जीवन कहिल्यै खरायो जसरि
दुर्त हुन् सकेन
खरायो जस्तो सुन्दर हुन् सकेन,
उसलाई देखेर लाग्छ खरायो 'ख' होइन
अब पाठशालाहरुमा खाल्डो 'ख' पढाइनु पर्छ ।।
अर्जुन दृष्टि पौड़ेल
पोखरा
हाल जापान
Saturday, December 2, 2017
कबीता "खरायो ख को बयान "
कबीता "उम्मेदबार"
उसलाई मैले चीनेको
बर्षौ भइसक्यो
ऊ बचपनको साथी हो ।
अकस्मात फ़ेरी
राजनीतिक स्तर पलाएछ
जसरी पलाउछ भिरमा घाँस ।
समाज़ र राष्ट्रप्रति ज़िम्मेबार बढेछ
बर्ख़ा समयमा खहरे खोलामा पानी बढेझै ।
आफ़नो ऊँचाइको आक़ार अग्लीछ
नाङ्गा डाँडामा हीउ जमे जसरी ।।
चिसो महिनामा कलेज जांदै नजाने
बिध्यालयमा कहील्यै पुस्तक नपल्टाउने उ
अचेल सबेरै कफ़िको चुस्कीसंग़ै थरिथरि पत्रिका पल्टाउछ ।
आफ़नो गल्ती पटक्कै नखोज्ने उ
बिपक्षिका गल्ती खोजीरहेछ
यसरी त परिक्षाका दिन खल्तीबाट चिटपनि खोजेको थीएन ।
अकक्ल झुकक्ल मात्र भेटीन्छ घरमा ।
चोक, ग़ल्ली, बस्तीहरूमा
एक हुल अपरिचत राता अनुहारसँगै
हसिलो मुस्कान सहित बिज्ञापन गरीरहेछ
रातों टिका लगाएर, गलाभरी माला भिरेर
पार्टीको चुनाब घोषणा पत्रको ।
आशाको किरण छरिरहेको छ
करौडौ आशुहरूको बस्तीमा ।
हिजो सम्म पटक पटक झगड़ा गरेको बखतेसंग
आज गलामा गला मिलाएको छ/ हात समातेको छ ।
अग्लो स्टेजमा, महँगो माइक समाउदै
चर्को आबाजबाट घाटीको नशा फ़ूलाउदैं
चिच्याई रहेछ
बिदेशमा रोज़गार गर्नेलाई यही स्वदेशमैं :-राम्रो जागीर
जग्गाबिहीनलाई:- लालपुर्ज़ा
बेरोजगारलाई:- बेरोज़गारी भत्ता
किसानहरूको बिनाब्याज:- ऋण उपलब्ध गर्ने छू ।।
मानौ, आफ़नो घाटीको नशा बाहीरै निस्कने गरी
बिश्वशान्तिको, आग्रगमनको, बिकाशको, आर्थिक सबृद्घिको
भाषण गरीरहेछ अकस्मात केही महीना यता ।।
म मेरो घरको छतबाट चुपचाप हेरीरहेको छू,
म सोचीरहेको छू,
अझै आशा गरीरहेछू,
बर्षौ पहिले मबाट साँपटी लगेको पैसा
यो चुनाब पंछी फ़िर्ता गर्छ की भनेर ?
अर्जुन दृष्टि पौड़ेल
पोखरा
हाल :- टोकियो जापान
Saturday, January 3, 2015
कबिता (बहार बनेर)
म वहार बनेर
तिम्रो जिन्दगीमा आएको थिए
तिमिले
झरेको फूल सम्झेर
मलाई कुल्चीदियौं/ पाउमा राखी दियौं ।
म तिम्रो नयनमा बसेको थिए
तर तिमिले
आशुले पखालेर वगाई दियौं ।
अव म तिम्रै ढुकढुकीमा वसीरहेको छु
सक्छौ भने हटाउ यहाँवाट पनि
तिम्ले फेर्ने सास रोकेर ।।
अर्जुन 'दृष्टि' पौडेल
पोखरा
Thursday, December 25, 2014
कबिता (गुनासो)
उदायो पहाड माथिबाट
एक बिहानै घाम
च्या च्या आबाजबाट
घामसंगै मेरो जन्म भयो
म संगै जन्मीएको त्यों घाम बरफ जस्तो छ
त्यों घाम सिरेटो जस्तो छ
यो समजले यस्तो बुझ्यो की
घामबाट निस्केको घाम समाजको थियो
घामबाट निस्केको घाम हराएको थियो
जीन्दगीको घड़ी घुमे जसरी
समयले हुर्कौउदै
समयले सिकाउदै
दुई खुट्टा टेक्ने बनाएर उभाई दियो
यही समाजमा ।
यो समाजसंग कुनै दुश्मनी छैन
यो समाज संग कुनै रिसईवी छैन
र यो सामाजको हिस्सा रहेको छु
यही समाजले रहनु भएकी मेरी आमालाइ
आमाको रुपमा सम्मान गर्छ
सेताम्मै कपाल फुलेकी आमाल़ाइ पूर्ण मान्छ
यही समाजले सबथोक ठान्छ
तर पनि
यो समाज सँग गुनासो छ-
मेरै आमालाई सबथोक मान्ने समाजले
मलाई सधै बाबू नभएको टुहुरोबाट सम्बोधन गर्छ ?
© अर्जुन 'दृस्टि' पौडेल
कबिता (ढलेको रुख)
कसले बिगारी दियो तिम्रो मन
जबानी किनबेच हुने बजारमा बसेर
तौलिदै छौ शरीरको मोल
कति हजारको नोटमा छिनोफानो गयौ
कर्कलाको पात माँ अडिएको पानी झै
टिलपिल गरीरहेको जबानी
कुन खाडलमा पुरियको छ
तिम्र्रो इज्जत को अस्तीत्व
र करोडौ दुखले थिचीए जस्ती देखिंछौ ?
कसले चिथोरो तिम्रा गाला
तिमीमा तिम्रो सुगन्ध भेटीदैन
कहा कहा पुरयौउ अहिले सम्म
त्यों तिम्रो यौवनको प्यास
र बन्यौ सीदान्तहीन
करोडौ आसुहरुको यौटा बस्तिमा
आखिर अहिले के बन्यौ ?
तिम्ररा आखा छन , दृष्टी छैन
तिम्रो मुख छ शब्द छैन
तिम्रा हात छन साथ छैन
तिमि संग सबथोक भय पनी
केही नभए जस्ती
चौतारीको ढलेको रुख जस्तै किन देखिएकी छौ ?
© अर्जुन दृस्टि पौडेल
कबिता (दशै)
कयौ बिवश्तामा अल्झिएर
गुमनाम गुमनाम
हुदै गएका
हजारौ सपनाझै,
चाहना थुपारीएका भकारीमा
बाध्यताको जिन्दगी देखेर
तप तप
बिलाईरहेको
बलुवाको पानीझै,
हावाले उडाएर
यत्रतेत्र छिरलिएका
सडक वस्तुहरूका
अन्तहीन गन्धझै,
आयुको
अन्तिम अबधीले
बिस्तारै-बिस्तारै
नजिक आएर बोलाएझै ।
हरेक बर्ष
आइपुग्छ - दशै
करोड़ौ आशुहरुको बस्तीमा
बनेर शितका थोपाझै ।।
© अर्जुन दृष्टी पौडेल
Saturday, May 3, 2014
कविताः– जन्म दिने आमा
फूलवारीमा धेरै फूल फुल्छन
![]() |
| माता तिर्थ औशीका दिनमा |
केही बेर फुल्छन, केही वेरमै ओईलाउछन
ठ्याक्कै जिन्दगी जस्ताे
धेरै आउछन केही स्वार्थको लागि
पलभरमै विलाउछन/हराउछन
तर सधैभरी एकैनासले
जूनैजनूको पालीमाथी राखी रहनुहुन्छ
मलाई जन्म दिने आमाले–
तपाईलाई जन्म दिने आमाले ।।
© अर्जुन दृष्टि पौडेल
पोखरा
Monday, March 24, 2014
कविता “प्रेम पत्र”
![]() |
| कवि, गजलकार डा. निरज भट्टराईसंग |
जव,
टुक्राटुक्रा भएका ती मेरा शव्दहरु
जोडिनेछन अक्षर अक्षर मिलेर
र, शव्दहरुले कविताको आकार लिनेछन् ।।
सायद,
उसैलाई नै गिज्याउने छन्
च्यातिएका ती प्रेमपत्रहरुले
मेरो नाम लिएर....
Thursday, January 9, 2014
कविता (अंग्रेजी नयाँ वर्ष–२०१४)
![]() |
| सुमन लम्साल र रमेश सायनको विचमा साहित्यीक स्रष्ट्रासँग, अक्षरयात्रा लेखनाथ |
दुलही जस्तै गरी श्रीङ्गारिएको छ
मेरो गाउँ र छिमेकी घरहरु
संसार नै जिते झै गरेर
विजयी उत्सव मनाइरहेछन मान्छेहरु
हिजो अस्ती सुनसान देखिने चोकहरुमा
भिड लागेको छ आज - म हेरिरहेछु
कती सुकिला देखिएका सबैका अनुहारहरु
म अचम्म मान्दै हेरिरहेछु - तिनै अनुहारहरु
जुन अनुहारहरु नेपालीपन भन्दा
विदेशिपनमा रमाइरहेका छन्
र रमाइरहेछन - विदेशी सस्कृति
भित्र्याउने होडबाजिमा
तर, म कता कता डराइरहेछु
कतै भित्रीदै गरेका विदेशी सस्कृतिले गर्दा
नेपाली कला, सस्कृती सँगै
नेपाली मौलिकता
ओझेलामा पर्ने त होइन ?
नेपाल र नेपालीको माया
अनी कला र सस्कृतिको जगेर्ना
हामी युवाहरुको कर्तव्य र अधिकार
भन्ने कुरालाई मनन गर्दै
अङ्रेजी नयाँ वर्ष २०१४ को
सबै सबैलाई शुभकामना
Monday, December 23, 2013
कविता (उजाड पहाड)
![]() |
| गजलकार अमृत सुवेदी गुराससँग |
खै ! किन ?
उस्तै उस्तै लाग्छन हिजो आज मलाई
साँच्चै- तिम्रो चेहरा
खै ! किन ?
पहाड जस्तै स्थिर लाग्छ मलाई
र हेरिरहन्छु त्यही स्थिर पहाड
जहाँ तिमी प्रतिबिम्बित भएकी छौ
म आफैलाई थाहा छैन ?
किन यती मुग्ध छु म तिम्रो चेहरामा ?
तिम्रो नयनमा ?
अनी तिम्रो गुलावी ओठको मुस्कानमा ?
हर रात सम्झन्छु तिमीलाई
अनी रमाउछु कल्पनाको संसारमा
तिमी मुसुक्क मुस्काए झै लाग्ने
अधेरिको जून हेरेर
टोलाईरहन्छु म
अनी तिमीलाई नै बोलाईरहन्छु
र मन मनै भन्छु - म मात्रै कती बोलु ?
ए प्रिया केहि त बोलन
म सुन्न चाहन्छु -
कोइलिको झै तिम्रो सुमधुर आवाज
प्रिया, यो मौनता को अर्थ कसरी बुझु म ?
तिमी हरबखत मौन बसिदिन्छेउ
अनी झन झन डराउछु म
र सोच्छु - त्यो पहाड जस्तै मौन बस्ने तिमी
कतै उस्तै निष्ठुरी पो छौ कि ?
कता कता डराएझै पनि लाग्छ आफ्नै मन
र सोच्छु - मेरो जिन्दगीको बसन्त हौ तिमी
यो बसन्त सधै भरी जोगाइ राख्नु तिमीले
मेरो लागि
केबल मेरो लागी जोगाउनुछ प्रिया तिमीले ।
कविता (पक्कै त्यो दिन)

पक्कै त्यो दिन आउने छ,
जुन दिन तिमि र म एउटै हुनेछौ
सारा दुःख वरावर हुनेछ
सुखमा भन्दा दुःख हास्नेछौं
साँच्चै
कस्तो होला त्यो दिन
पक्कै आउनेछ, पक्कै आउनेछ
प्रर्थना गरि रहेकी छु भगवान सँग
पाउने छु वरदान
तिम्रै हातको सिन्दुरको टिका
मायालुपनको रातो चुरा, अनी चोखो माया
दाहिने हात समाउदै,
उकाली आराली झञ्याङमा मेलापात
गर्नेछौं किसानी, रमाउने छौं दुवै जना
रमाउने छौं दुवै जना प्यारो गाँउमा
Saturday, September 22, 2012
फरकपनको श्रृजना
एक्लै यादहरु भगाउन उसकै नाम जप्ने धोको
जति प्यास पिलाउदा पनि सधै मायाको भोको
वैंशका तिर्खा मेटाउने त्यो काली मोरीको घेरो
एकान्तमा सम्झी सम्झी विग्रने भयो तन मेरो
मोरीको आगमनका दिनमा दारी जुँगा सवै काँटे
वारसय थान कोट पाईन्ट अनी सुरवालहरु फाँटे
स्वर्गकी परी मानी विस्तारामा तलमाथी गरी रुँदा
पटक्कै शान्ती भएन यौवन तिर्खा रातभरी धुँदा
मनका तिर्खालाई थाम्नु बच्चा देखिकै खेल हुँदा
सपनीमै भएपनि निको हुन्थ्यो मेरीले ठाउँमै छुँदा










