खलीपतिको छोरी
खिमाकलीको जेठो छोरा
खहरे खोलाको खोचमा जन्मीएको
उ ख़ुशीराम खकुरेल ।।
बिश्वासका खुट्टाहरू भरिएकों ज़मीनमा
खुर्शानिको बोट ज़त्रै ऊचाई लाग़्ने तकदिर
मरीचका दाना जसरी खुम्चीएको उसको
उदेृश्यको शीर आकाशमा कहिल्यै ठोक्कीएन
न त ज़मीन ख़ुम्चियो न आकास सानो भयो ।।
खतराको खेलमा खेलाड़ी बन्न मन लागेन ।
खरानीको खेल मैंदान खनजोत गर्न मन लागेन ।
परजीबी ताराहरू जसरी पनि खस्न मन लागेन ।
मन लागेन
भिरालो भिरबाट खसेको शीतको खोला बन्न ।।
धारिला बिचारहरुको खुकुरि अड़काउने
पछाड़ीको खल्ती माथी भीरिएकों खूर्पेटो आकार
उसैको ज़िन्दगीको आधा खप्परजस्तो लाग्छ,
आबरण भित्र खादिएकों खर्बुजाको स्वाद जस्तो
खनिया बोटको लहरामा पाकेको फल जस्तो
आधा ज़मीन मुनि रहेको फल जस्तो
उचाईको चन्द्रमा टल्क़ने सुन्दर खत जस्तो
उसको भाग्यमा लाग्यो खग्रास पनि ।।
माक़ुराको जालोंको आकृतिमा
रहरहरू पट्कै ख़ुम्चिएनन ।
समयको खाल्डो भित्र
निरन्तर आफ़नो ल़क्ष्य खोज्यो
र हिड्यो खाडी तिर ।।
यति धेरै खरायो 'ख' ले घेरेर पनि
उसको जीवन कहिल्यै खरायो जसरि
दुर्त हुन् सकेन
खरायो जस्तो सुन्दर हुन् सकेन,
उसलाई देखेर लाग्छ खरायो 'ख' होइन
अब पाठशालाहरुमा खाल्डो 'ख' पढाइनु पर्छ ।।
अर्जुन दृष्टि पौड़ेल
पोखरा
हाल जापान
Saturday, December 2, 2017
कबीता "खरायो ख को बयान "
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment