Ads 468x60px

Friday, March 22, 2013

गयौ तिमी...



पानीमा तेल वनी तर्किएर गयौ तिमी
झर्ने फूलमा विष छर्किएर गयौं तिमी

तिम्रो एकै वचन मिठो कोशिली माग्दा
विझ्ने वचन छाडी झर्किएर गयौ तिमी

तिम्रो त्यो मनको तरेलीवाट हिड्दा हिड्दै
आखिर उल्टो वाटो फर्किएर गयौं तिमी

आँखा भित्रै अटाएर राख्दा पनि आखिर
नमेटिने घाउ वनाई मर्किएर गयौं तिमी 

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel