Ads 468x60px

Saturday, August 31, 2013

Nepali Gazal by Gaurab Shrestha

गजल मनहरुलाई फरक पन दिने प्रयासमा आज गजलकार मित्र  गौरव श्रेष्ठ मनका कुरा ज्यूको गजल उहाँकै आवाजमा गजल भिडीयो हेरी सल्लाह सुझावको अपेक्षा गर्दछु ।

Wednesday, August 21, 2013

गजल ३१८ (निष्ठुरीले)


दिलमा  आगो लगाई  गई निष्ठुरीले
मायाका स्तम्भ ढलाई गई निष्ठुरीले

नजरहरुको  कथा  लेख्दै थिए  मैले
खरानी बनाई जलाई गई निष्ठुरीले

पुजेकै  थिए मनभित्रको  देउता मानेर
आस्थाको मन्दीर गलाई गई निष्ठुरीले

जसोतसो गाउदै थिए मिलनका धुनहरु
आँखाको तालमा नचाई गई निष्ठुरीले

गजल ३१७ (धुलो रैछ)


उसको  बैंश  सडकको धुलो रैछ
पानी नभाको फोहोरी कुलो रैछ

हृदयमा याद सगाली राख्छु भन्थी
सगाल्ने  मुटुको  विचमा दुलो रैछ

सोचेको थिए सम्झनामा मुटु जल्छ
तर  नबल्ने  आगोको  चुलो  रैछ

दिलमा तिम्रो वास रहन्छ भन्थी  
सवैलाई अटाउने दिल ठुलो रैछ

गजल ३१६ (थाल्यो)

आशाको दियो अस्ताउन थाल्यो 
आशुले शरिर वगाउन थाल्यो 

मायाको हिरासतमा फुलेको फुल
वियोगान्त कथा सुनाउन थाल्यो 

उल्टो विचारको विरुद्धमा आज 
आलौगिक सत्य उठाउन थाल्यो 

तरङ्गहरुको शृङ्खला उस्तै हुँदा 
विचित्रको मुटु जन्माउन थाल्यो

Monday, August 19, 2013

कार्यक्रम गजलका थुँगाहरु~१२

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
अर्जुन दृष्टि पौडेलको  परिकल्पनामा 
कार्यक्रम:- "गजलका थुँगाहरु"  (गाईजात्रा विशेष)  
नमस्कार साथीहरु, आज मिति २०७०।5।4 गते मंगलवार  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा, गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु 
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।


Download Here :- Click Here

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel