Ads 468x60px

Wednesday, August 21, 2013

गजल ३१७ (धुलो रैछ)


उसको  बैंश  सडकको धुलो रैछ
पानी नभाको फोहोरी कुलो रैछ

हृदयमा याद सगाली राख्छु भन्थी
सगाल्ने  मुटुको  विचमा दुलो रैछ

सोचेको थिए सम्झनामा मुटु जल्छ
तर  नबल्ने  आगोको  चुलो  रैछ

दिलमा तिम्रो वास रहन्छ भन्थी  
सवैलाई अटाउने दिल ठुलो रैछ

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel