Ads 468x60px

Sunday, April 28, 2013

गजल ३०४ "कुचोको आयु"

कुचोको आयु जस्तो हाम्रो जीवन
पग्लिने नुनझै सस्तो हाम्रो जीवन

रित्तै गईन्छ हरियो वासमा चढेर
आज तेरोमेरो यस्तो हाम्रो जीवन

वस्दा ढाड दुख्छ उभिदा खुट्टा
खादै फाल्ने कस्तो हाम्रो जीवन

कहिले आफन्त त पराईले डस्दा
पीडामा दुखै उस्तो हाम्रो जीवन

Friday, April 26, 2013

फुच्ची जमुनाको आवाज (गजल भिडीयो)


गजलः– मेरो प्यारमा अलिकति 
गजल आवाजः– फुच्ची जमुना, चितवन 
डिजाईनः– अर्जुन पौडेल, पोखरा 

Monday, April 22, 2013

गजल ३०३

पूर्णिमाको रातमा जून रुन्छ अचेल
अरुलाई लगाएको गुन रुन्छ अचेल

नियतीको यो खेलमा नाच्दा आखिर
सुमधुर वासुरीको धुन रुन्छ अचेल

दुखि मनवाट उजाड वस्ती बन्दा
गाँसहरु वढाउने नुन रुन्छ अचेल

दिन प्रतिदिन ओराली झर्दा मुल्य
घाटीमा भिरेको सुन रुन्छ अचेल

Saturday, April 20, 2013

रोई हाल्छ..


आखिर कोमल मन रोई हाल्छ
कठोर वचन वोल्दा छोई हाल्छ
नरुने आँखाहरु सायद छैन होला ?
आशु झारेर मुहार धोई हाल्छ ।।

Wednesday, April 17, 2013

गजल ३०२


ममाथि यता आकाश खसायौं सानु
उता नीवन  संसार  वसायौं  सानु

आफ्नै मानी विश्वास गर्दा तिम्लाई
चोखो मायामा वे दनाले डसायौं सानु

निभाएर उमंगको वत्ति मनकै मझेरीमा
मिठो अधरको मातवाट फसार्यौ सानु

आफु रित्तिएर माया गर्दा आखिर
काखमै राखेर छुरा धसायौं सानु

Monday, April 15, 2013

गजल ३०१


गर्व  लाग्छ  मलाई  मेरो माटो  नेपालको
हिमाल,पहाड,तराई तिनै पाटो नेपालको

टायरको धुवा वनी जले सहिदका  सपना
अव नजलोस सहिद हिड्ने वाटो नेपालको

विदेशीले गिद्धे नजरहरु लगाई सके देशमा
यही भूमीमा मिलाउ परेको फाटो नेपालको

शान्ती क्षेत्र वदनाम भयो भ्रष्ट्रकै ककुर्मले
सवै  मिली  पुर्यौ वदनामी  टाटो  नेपालको

Thursday, April 11, 2013

गजल ३००


नशा पिएर ढल्न मन लाग्छ आजभोली
विना आगो जल्न मन लाग्छ आजभोली

सिन्दुर भर्दैमा चोखो माया हुन्न भन्नेको
फरीया सँग चल्न मन लाग्छ आजभोली

दनिया जगतको ओठै भरी रसाउने गरी
फुलहरु वनि फल्न मन लाग्छ आजभोली

आफ्नै छाँया जहिल्यै मुटुमा डेरा जम्दा
जोशमा आफै गल्न मन लाग्छ आजभोली

गजल २९९


जीवन देखि थाकी सके हिजो आज
मुटु जलेर  पाकी सके  हिजो आज

नसके पनि उडेर जुन छुन खोज्दा
बादल वनि ढाकी सके हिजो आज

मनका रहरहरु पुरा नहुदा नहुदै अव
कालले निम्ता डाकी सके हिजो आज

मेरो प्रगतिको बाटो छेक्नका निम्ती
उता देवता  भाकी  सके  हिजो आज

Monday, April 8, 2013

Happy New Year's 2070

नयाँ उत्साहमा तपाईका हरेक कर्मले सफलता पाउन नयाँ उमंगमा नौलो खुशीयाली आओस तपाईको जोश, जागर देखेर कोईलीले पनि तपाइकै गित गाउन तपाईको सोच, तपाईको प्रथार्ना, कल्पना अनी तपाईको सपनाले सार्थकता पाओस वसन्त ऋतुसँग भित्रीएको नयाँ वर्ष २०७० को शुभकामना तपाईलाई

Sunday, April 7, 2013

गजल २९८


गणतन्त्र आए पछि लोडसेडिङ्ग बढ्यो नेपालमा
महंगी  नझर्ने  गरी   अकास   चढ्यो  नेपालमा

युद्धको वेलामा कुना  काप्चाका  नाम  सुनिथ्थे
शान्ती सम्झौता पछि हतियार सड्यो नेपालमा

जातिय सद्भाव रहेको अखण्ड हाम्रो समाजमा
सभा चुनावपछि टुक्रा राज्य गड्यो नेपालमा

छसय एक दानवहरुले देशको ढुकुटी सकेपछि
दलहरुको मागी  खाने  मन्त्री उड्यो  नेपालमा

विदेशी शक्तिको आडवाट किला पुत्काई आज
प्रधानमन्त्री वन्ने खेलको कुर्ची लड्यो नेपालमा

गजल २९७


धर्तीकै छान्यौ किरा आखिर किन ?
मनलाई पार्यौ चिरा आखिर किन ?

मन अनी तन तिम्रै लागि सुम्पीदा
आफै छाड्यौ हिरा आखिर किन ?

हियार भित्र थन्केको पिर सिउदा
कठोर वोलीकै छिरा आखिर किन ?

घर्तिकै छान्यौ किरा आखिर किन ?
मनलाई पार्यौ चिरा आखिर किन ?

Thursday, April 4, 2013

गजल २९६

तिम्रै काखमा  प्राण  त्याग गर्छु भन्ने भेटे
प्रेमको प्रेममय सुवास वनि छर्छु भन्ने भेटे

अन्तै  सिउदो  भरी सकेको  हुँदा हुदै पनि
तैपनि मेरै हातको सिउदो भर्छु  भन्ने भेटे

सदासदा तिम्रै माया म अनी मुटुमा साँच्दा
कठोर जंगाघार आईपरे सँगै तर्छु भन्ने भेटे

मेरो बोलीमा विश्वास लाग्दैन भने तिमिलाई
मुटु  चुडाई  तिम्रै  पैतलामा  झर्छु  भन्ने  भेटे

Monday, April 1, 2013

गजल २९५


सन्तुष्टि मनवाट घरमा वास हुन्छ ।
खराव नियतमा सदैव त्रास हुन्छ ।।

अदृश्य तनावहरु मनभरी भए पनि
चिन्तनवाट सवै तनावको नास हुन्छ ।।

स्वतन्त्र आफै जीवन मान्दा आखिर
मेहनत अनुसार समयको दास हुन्छ ।।

एक बार पाईने पवित्र जिन्दगीमा
ईज्जत विना जिउदो लास हुन्छ ।।

गजल २९४


सोझा जनताहरु धेरै मरे नेपालमा
भ्रष्टले आफ्नो भुडी भरे नेपालमा

पुरानो रगतको आलो घाउ नमिटेदै
अशान्ती जातिय नारा छरे नेपालमा

नेपाली आमाको अस्तित्व धुजा पार्न
विदेशी गिद्धे किराहरु चरे नेपालमा

दलिय झगडा अनी किचलोका कारण
उन्नती प्रगतिका कार्य टरे नेपालमा

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel