Ads 468x60px

Monday, April 1, 2013

गजल २९४


सोझा जनताहरु धेरै मरे नेपालमा
भ्रष्टले आफ्नो भुडी भरे नेपालमा

पुरानो रगतको आलो घाउ नमिटेदै
अशान्ती जातिय नारा छरे नेपालमा

नेपाली आमाको अस्तित्व धुजा पार्न
विदेशी गिद्धे किराहरु चरे नेपालमा

दलिय झगडा अनी किचलोका कारण
उन्नती प्रगतिका कार्य टरे नेपालमा

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel