Ads 468x60px

Monday, April 22, 2013

गजल ३०३

पूर्णिमाको रातमा जून रुन्छ अचेल
अरुलाई लगाएको गुन रुन्छ अचेल

नियतीको यो खेलमा नाच्दा आखिर
सुमधुर वासुरीको धुन रुन्छ अचेल

दुखि मनवाट उजाड वस्ती बन्दा
गाँसहरु वढाउने नुन रुन्छ अचेल

दिन प्रतिदिन ओराली झर्दा मुल्य
घाटीमा भिरेको सुन रुन्छ अचेल

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel