Ads 468x60px

Monday, December 31, 2012

गजल वाटिका ६ औं श्रृङखला


गजल वाटिकाको ६ औं श्रृङखला अव www.arjunpaudel.blogspot.com मा
संचालकः– विष्णु अवस्थी र जोशी नवराज प्रकृतिको साथमा
आजको श्रृङखलामा वाचन भएका महाकाली गजल सर्जकहरुको नामावली
१) जिवन कायस्थ २) यमकान्ती भट्टराई  ३) फुच्ची जमुना  ४) अर्जुन पौडेल  ५) रामकृष्ण पौडेल अनायास ६) ऋषा लुईटेल  ७) लक्ष्मण मिलन विष्ट  ८) खगेन्द्र साउद समर्पण  ९) मोहन रावल  अनोमल अस्तु  १०) पृथ्वी प्रसाद भाट  ११) आरके थापा  १२) वेद थापा वेहोसी  १३) इश्वर अञ्जना  १४) विमल चन्द सानु  १५) कविराज भट्ट विलौना १६) पदम कठायत १७) कोमल भट्ट १८) अकाशचन्द



Wednesday, December 26, 2012

प्रितीको फूलले...


प्रितीको फूलले कोपेरै मार्यौ आखिर
मुटुलाई छेडी भुईमा झार्यौ आखिर

जुन ताराले जस्तै सपना सजाउदा
सपनानै सपना वनि टार्यौ आखिर

आँशु सँगालेर उसकै निम्ती जिउँदा
आँशुको समुन्द्र विचमा पार्यौ आखिर

मसंग जिउने मर्ने खाएका वाँचाहरु
अन्यत्र पाईला मोडेर सार्यौ आखिर

Monday, December 24, 2012

गजल वाटिका

गजल वाटिका वाचन भएका तपाईहरुका गजल सुन्न नभुल्नु होला ।
महकाली गजल मञ्जका संस्थापक संयोजक "नवराज प्रकृती" सँगको भलाकुसारी सहित
गजल वाचन भएका महाकाली गजल मञ्जका गजल सर्जक साथीहरुको नामावाली
१) पुष्पा खनाल, २) लक्ष्मण मिलन विष्ट, ३) जीत खड्का गाउँले, ४) भुवन निस्तेज, ५) लक्ष्मी स्मृती  ६) शिव रेग्मी, ७) साथी समिर , ८) नविन आचार्य , ९) मोहन रावल अनोमल अस्तु, १०) नविन आचार्य, ११) अर्जुन पौडेल ,१२) शेखर विकल्प ,१३) नविन नेपाल सुडाल ,


Friday, December 21, 2012

रुने छैन म...


माया मारी गयौं रुने छैन
तिमि विना एक्लै हुने छैन

झरे ओईलिएका पात रुख वाट
खसेको पात फेरी छुने छैन

साथ छुटे पनि वस्न सक्छु सानु
आँशु झारी सिरान धुने छैन

अव फुल्छ फेरी मुना हाँगा भरी
सधै हुरी चलेको सुने छैन

सपना खनालको आवाजमा गजल भिडीयो

अनायसका पानाको चौथो प्रस्तुती सपना खनालको आवाजमा गजल भिडीयो

Thursday, December 13, 2012

अर्जुन पौडेल Vs फुच्ची जमुना.mpg

चिवतन निवासी फुच्चि जमुना र मेरो (अर्जुन पौडेल) विचमा भएको सवाल जवाफ अव भिडियो सहित हेरी सल्लाह सुझावको अपेक्षा गर्दछु ।

Wednesday, December 12, 2012

भन्छ मनले...


आज फेरी माया छुट्यो भन्छ मनले
एक्लै छाडी अन्तै जुट्यो भन्छ मनले

हाँसो खुसी सँग जीवन वित्ला भन्दा
सुख मेटी व्यर्थै लुट्यो भन्छ मनले

छाती खोली मायाकै वयान गर्दै गर्दा
सिसा सरी भाग्य फुट्यो भन्छ मनले

जुनी भर सम्म लाको प्रीर्तीले आखिर 
मुटु धुजा पारेरै चुट्यो भन्छ मनले 

मेरी मायालु...


मेरी मायालु नै जाली परीन
यही पोखरा कै काली परीन

मेरै मनमा फुले पनि आखिर
अन्य वगैचा की माली परीन

रानी सम्झेर यो दिलमै राख्दा
त्यो नजर नदिने खाली परीन

नयन भित्र त्यो आकृति नाँच्दा 
आखिर अर्कोकी साली परीन 

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel