
प्रितीको फूलले कोपेरै मार्यौ आखिर
मुटुलाई छेडी भुईमा झार्यौ आखिर
जुन ताराले जस्तै सपना सजाउदा
सपनानै सपना वनि टार्यौ आखिर
आँशु सँगालेर उसकै निम्ती जिउँदा
आँशुको समुन्द्र विचमा पार्यौ आखिर
मसंग जिउने मर्ने खाएका वाँचाहरु
अन्यत्र पाईला मोडेर सार्यौ आखिर
0 comments:
Post a Comment