Ads 468x60px

Saturday, May 3, 2014

गजल~ (छ एउटा बाटो)


पहिला आफ्नै जिन्दगीलाई सिकाउनु छ एउटा बाटो
अनि मात्र दुनियाँलाई बताउनु छ एउटा बाटो

बचपनमा हुँदा सम्म सफर थियो तलाउको
अब चाही पैतालाले गराउनु छ  एउटा बाटो

रहरहरु   हिडाउन  बनाएथें   कुनै  बेला
आज आँखा पखालेर मेटाउनु छ एउटा बाटो

जुन सहरमा बर्सौ देखि हराउदै आएको छु
यहीं भित्र कसैलाई देखाउनु छ एउटा बाटो

अतितका  गोरेटा लाइ   बिर्सनेले  बिर्से  पनि
मलाइभने त्यहि डोबमा बनाउनु छ एउटा बाटो

© अर्जुन दृष्टि पौडेल
पोखरा

कविताः– जन्म दिने आमा


फूलवारीमा धेरै फूल फुल्छन
माता तिर्थ औशीका दिनमा 
कुनै सुगन्ध नभएको जसरी
केही बेर फुल्छन, केही वेरमै ओईलाउछन
ठ्याक्कै जिन्दगी जस्ताे

धेरै आउछन केही स्वार्थको लागि
पलभरमै विलाउछन/हराउछन
तर सधैभरी एकैनासले
जूनैजनूको पालीमाथी राखी रहनुहुन्छ
मलाई जन्म दिने आमाले–
तपाईलाई जन्म दिने आमाले ।।

© अर्जुन दृष्टि पौडेल
पोखरा

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel