Ads 468x60px

Wednesday, October 31, 2012

जाली भनी..

प्रन्ध दिनमा केटा फेर्नेले जाली भनी
दुई हप्ता पछि तपाईको पाली भनी

सानी मोरी घर धराननै भनी सोध्दा
तपाई पनि बनाउनु न , साली भनी

तिम्रो नाम वताउन है भन्दा मलाई
सवैले मलाई भने हुन्छ,काली भनी

भोक लाग्यो सँगै वसेर खाउन भन्दा
कम्मर समाई पल्सर हो,खाली भनी

Tuesday, October 30, 2012

मन लाग्यो ..


रहरको समुन्द्रमा तर्न मन लाग्यो
चाहनाको तरेलीमा झर्न मन लाग्यो

पवित्र फूलको सरी वास्ना वसाउदै
सानुको फूलवारीमा चर्न मन लाग्यो

मनको वह जति वतासमा उडाई
प्रियसीको वयान गर्न मन लाग्यो

ईन्द्रेनीको रङ्ग सँगै सुख सजाउदै 
यौवनका कुराहरु छर्न मन लाग्यो 

Sunday, October 28, 2012

हुन्न सानु..


सधै आँखा  तारी रिसाउनु हुन्न सानु
सवै सामु विन्ती बिसाउनु हुन्न सानु

तिम्रा  लागि पागल बन्ने धेरै भेटिदा
तिनी सँग हाँसो मिसाउनु हुन्न सानु

पवित्र जिन्दगी नै तिम्रै लागि सुम्पिदा
हाम्रो नाता व्यर्थै चिसाउनु हुन्न सानु

तिमिलाई मन्दिर मानी पुजा पाठ गर्दा
घाँस सम्झी  फूल पिसाउनु हुन्न सानु

गजलका पानाहरु-13

www.arjunpaudel.blogspot.com
arjunpaudel.blogspot.com.
इन्टरनेट दुनियाको आवाजको दुनियामा अनलाइन रेडियो 'रेडियो हाम्रो संसारको' प्रस्तुती गजलसर्जक अनी गज़ल अनुरागी मित्रहरुको एउटा छुटै कार्यक्रम गजलका पानाहरु Gazalaka panaharu "गजलका पानाहरु-Episode-13th" तपाइँ हामीले नै फेश्बुक पेज गजलकापानाहरुमा पोस्ट गरेका गजलहरुलाई लिएर आज शनिबारको सृङ्खलामा पनी संचालक 'गजलप्रेमी औसीकोरातमा इन्द्रमान आत्मा'जी उपस्थित हुनु भैसक्नु भएकोछ इन्द्रमान आत्माकोसाथमा सुन्नुहोस

  

Sunday, October 21, 2012

"गजलका पानाहरु- Episode-12th"


इन्टरनेट दुनियाको आवाजको दुनियामा अनलाइन रेडियो 'रेडियो हाम्रो संसारको' प्रस्तुती गजल सर्जक अनी गज़ल अनुरागी मित्रहरुको एउटा छुटै कार्यक्रम गजलका पानाहरु Gazalaka panaharu "गजलका पानाहरु-Episode-12th" तपाइँ हामीले नै फेश्बुक पेज गजलका पानाहरुमा पोस्ट गरेका गजलहरुलाई लिएर आज शनिबारको सृङ्खलामा पनी संचालक 'गजल प्रेमी औसीकोरातमा इन्द्रमान आत्मा'जी उपस्थित हुनु भैसक्नु भएकोछ इन्द्रमान आत्माको साथमा सुन्नुहोस 
Click Here 

गजलका पानाहरु 12 औं श्रृङखला

Friday, October 19, 2012

रमाएको छु



रमाएको छु जून जस्तो मुहार चुन्न पाउदा
मुटु भित्रै पसी मायाको संसार बुन्न पाउदा

कोईलीका गीत जस्तै गजल वनेका छन रे
अध्यारो रातमा उनको वोली सुन्न पाउदा

जिन्दगी झुकेको छ हर्ष अनी उमंगका साथ
नफुट्ने गरी पीरतीको वाँध नै थुन्न पाउदा

रमाएको छु जून जस्तो मुहार चुन्न पाउदा
मुटु भित्रै पसी मायाको संसार बुन्न पाउदा

Tuesday, October 16, 2012

दशै विशेष गजल












चारैतर्फ दशैको उमंग छाउदा, झुपडीमा भक्कानो
टिकाको साईतमै डियुटी धाउदा,झुपडीमा भक्कानो

जूनले घुम्टो नखोली चाडपर्व गरीव वस्तीहरु छिर्दा
पोहोरकै कपडा अहिले लाउदा,झुपडीमा भक्कानो  

अध्यारो मनलाई चन्द्रमाको छायाले छल गरी ढाक्दा
आशिकको वदलानै ऋण पाउदा,झुपडीमा भक्कानो

हुने खानेका मुहारमा मात्र हर्ष उल्लासवाट छाउदा
आफ्नै धुनका गीतहरु गाउदा,झुपडीमा भक्कानो  

फेसवुक...

मनका रचनाहरु राखी हार्ने छैन फेसवुक
एकान्उट खोलेर माया मार्ने छैन फेसवुक

सुख दुख्खको तिमीले मात्र साथी बनाउदा
धरोधर्म कहिल्यै आँखा तार्ने छैन फेसवुक

तिम्रै भित्तामा भरिएका मेरा पोष्टहरु पनि  
गुगल प्लसमा पटक्कै सार्ने छैन फेसवुक

औंशी अनी पूर्णीमाको रातमा सहयात्री बन्दा
साँच्चै दिलवाट कहिल्यै झार्ने छैन फेसवुक

Tuesday, October 9, 2012

पसिनामा होली खेल्नेहरु..




जनताका पसिनामा होली खेल्नेहरु जलाईन्छ अव
भ्रष्टलाई खोरमा वाधेर सरकार चलाईन्छ अव

भ्रष्टचारी,दलाली,शोषक,हत्यारालाई पासो थापेर  
तातो तेलमा टाउकाहरु डुवाएरै गलाईन्छ अव  

दुःख,मंहगी,चन्दा, आंकत फैलाउनहरुनै लखेटी
जनता मालिकहरु वनी पार्टीलाई छलाईन्छ अव

आश्वासनका भाषणहरु सुन्ने कानमा तेल हालेर
पसिना वगाएरै खेतहरुमा पैसा फलाईन्छ अव

Monday, October 8, 2012

आज..


आत्मवाट देखेका सारा सपना मरे आज
शिरैमा सजाएका गुलाव फूल झरे आज

व्यथा सवै लुकाई हाँसी जिउदा जिन्दगीमा
चाहनाको मन्दिरमा लात हानी तरे आज

हाँसो अनी खुशीनै झरीबादल जस्तै हुँदा
नजरको वात वगाई बसाई सरे आज

षडयन्त्रकारी लाई साथी सम्झी साथ दिदा
चारैतिर नउठ्ने काँडा विचमा परे आज

Sunday, October 7, 2012

गजलका पानाहरु-10

आवाजको दुनियामा इन्टरनेट नेपाली रेडियो - रेडियो हाम्रो संसार डट कमको प्रस्तुती गजल अनुरागी मित्रहरुका लागि कार्यक्रम "गजलका पानाहरु-Episode-10" प्रस्तोता गजल प्रेमी औसिकोरातमा इन्द्रमान आत्माको साथमा सुन्नुहोस ..
Click Here 
गजलका पानाहरु १० औं श्रृङखला

Friday, October 5, 2012

आफ्नै गल्ती देखाई


छेस्का

आफ्नै गल्ती देखाई पवित्र माया मासियो
मध्यरातमा हजारौं सपना टुटाई भासियो

गल्ती सवै कुल्चिई पवित्र बन्ने वहानामा
आफु रोगी वताएर अन्तै माया गासियो

Tuesday, October 2, 2012

दिन आज...

हृदयकी रानीसँग विना अर्थ छुटेको दिन आज
संसार हाँस्दा विनासित्ती मनमा चुटेको दिन आज

सारा जीवनका रहर सवैतिर बादल वनि छोप्दा
आकाससँगै पाईला टेक्ने धर्ती फुटेको दिन आज

उदाएको जून अनी समाजको बन्द संसार छोड्दा
यात्रा गरिरहेको पुल विचमै टुटेको दिन आज

काँडा हटाई राख्दा मुटुमा फूलले चस्स विझाउदा
रोपिएको पीरतीनै काँडा बनी लुटेको दिन आज

जस्तै जस्तै भो


जिन्दगी केवल नजानी सिक्दै जाने जस्तै जस्तै भो
खुशी मनमा नमेटीदै कालले लाने जस्तै जस्तै भो

सारा सपना तिम्रै मनमा फूलाई राखी साँच्दा साँच्दै
आज आफ्नो संसारनै पराईले ताने जस्तै जस्तै भो

बाँच्ने सास सुकाई भित्री आत्मावाट तिमि सम्झी बाँच्दा
मनको वगैंचामा फूलको थुंगाले हाने जस्तै जस्तै भो

ईश्वर सम्झी पुज्दा बरदान स्वरुप चोईटो मन मेरो
कुल्चिएको भातको सिता टिपेर खाने जस्तै जस्तै भो

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel