
आत्मवाट देखेका सारा सपना मरे आज
शिरैमा सजाएका गुलाव फूल झरे आज
व्यथा सवै लुकाई हाँसी जिउदा जिन्दगीमा
चाहनाको मन्दिरमा लात हानी तरे आज
हाँसो अनी खुशीनै झरीबादल जस्तै हुँदा
नजरको वात वगाई बसाई सरे आज
षडयन्त्रकारी लाई साथी सम्झी साथ दिदा
चारैतिर नउठ्ने काँडा विचमा परे आज
0 comments:
Post a Comment