Ads 468x60px

Tuesday, October 2, 2012

जस्तै जस्तै भो


जिन्दगी केवल नजानी सिक्दै जाने जस्तै जस्तै भो
खुशी मनमा नमेटीदै कालले लाने जस्तै जस्तै भो

सारा सपना तिम्रै मनमा फूलाई राखी साँच्दा साँच्दै
आज आफ्नो संसारनै पराईले ताने जस्तै जस्तै भो

बाँच्ने सास सुकाई भित्री आत्मावाट तिमि सम्झी बाँच्दा
मनको वगैंचामा फूलको थुंगाले हाने जस्तै जस्तै भो

ईश्वर सम्झी पुज्दा बरदान स्वरुप चोईटो मन मेरो
कुल्चिएको भातको सिता टिपेर खाने जस्तै जस्तै भो

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel