Ads 468x60px

ShareThis

Featured Posts

.

Saturday, December 2, 2017

कबीता "खरायो ख को बयान "

खलीपतिको छोरी
खिमाकलीको जेठो छोरा
खहरे खोलाको खोचमा जन्मीएको
उ ख़ुशीराम खकुरेल ।।

बिश्वासका खुट्टाहरू भरिएकों ज़मीनमा
खुर्शानिको बोट ज़त्रै ऊचाई लाग़्ने तकदिर
मरीचका दाना जसरी खुम्चीएको उसको
उदेृश्यको शीर आकाशमा कहिल्यै ठोक्कीएन
न त ज़मीन ख़ुम्चियो न आकास सानो भयो ।।

खतराको खेलमा खेलाड़ी बन्न मन लागेन ।
खरानीको खेल मैंदान खनजोत गर्न मन लागेन ।
परजीबी ताराहरू जसरी पनि खस्न मन लागेन ।
मन लागेन
भिरालो भिरबाट खसेको शीतको खोला बन्न ।।

धारिला बिचारहरुको खुकुरि अड़काउने
पछाड़ीको खल्ती माथी भीरिएकों खूर्पेटो आकार
उसैको ज़िन्दगीको आधा खप्परजस्तो लाग्छ,
आबरण भित्र खादिएकों खर्बुजाको स्वाद जस्तो
खनिया बोटको लहरामा पाकेको फल जस्तो
आधा ज़मीन मुनि रहेको फल जस्तो
उचाईको चन्द्रमा टल्क़ने सुन्दर खत जस्तो 
उसको भाग्यमा लाग्यो खग्रास पनि ।।

माक़ुराको जालोंको आकृतिमा
रहरहरू पट्कै ख़ुम्चिएनन ।
समयको खाल्डो भित्र
निरन्तर आफ़नो ल़क्ष्य खोज्यो
र हिड्यो खाडी तिर ।।

यति धेरै खरायो 'ख' ले घेरेर पनि
उसको जीवन कहिल्यै खरायो जसरि
दुर्त हुन् सकेन
खरायो जस्तो सुन्दर हुन् सकेन,
उसलाई देखेर लाग्छ खरायो 'ख' होइन
अब पाठशालाहरुमा खाल्डो 'ख' पढाइनु पर्छ ।।

अर्जुन दृष्टि पौड़ेल
पोखरा
हाल जापान


कबीता "उम्मेदबार"

उसलाई मैले चीनेको
बर्षौ भइसक्यो
ऊ बचपनको साथी हो ।

अकस्मात फ़ेरी
राजनीतिक स्तर पलाएछ
जसरी पलाउछ भिरमा घाँस ।
समाज़ र राष्ट्रप्रति ज़िम्मेबार बढेछ
बर्ख़ा समयमा खहरे खोलामा पानी बढेझै ।
आफ़नो ऊँचाइको आक़ार अग्लीछ
नाङ्गा डाँडामा हीउ जमे जसरी ।।

चिसो महिनामा कलेज जांदै नजाने
बिध्यालयमा कहील्यै पुस्तक नपल्टाउने उ
अचेल सबेरै कफ़िको चुस्कीसंग़ै थरिथरि पत्रिका पल्टाउछ ।
आफ़नो गल्ती पटक्कै नखोज्ने उ
बिपक्षिका गल्ती खोजीरहेछ
यसरी त परिक्षाका दिन खल्तीबाट चिटपनि खोजेको थीएन ।

अकक्ल झुकक्ल मात्र भेटीन्छ घरमा ।
चोक, ग़ल्ली, बस्तीहरूमा
एक हुल अपरिचत राता अनुहारसँगै
हसिलो मुस्कान सहित बिज्ञापन गरीरहेछ
रातों टिका लगाएर, गलाभरी माला भिरेर
पार्टीको चुनाब घोषणा पत्रको ।
आशाको किरण छरिरहेको छ
करौडौ आशुहरूको बस्तीमा ।
हिजो सम्म पटक पटक झगड़ा गरेको बखतेसंग
आज गलामा गला मिलाएको छ/ हात समातेको छ ।

अग्लो स्टेजमा, महँगो माइक समाउदै
चर्को आबाजबाट घाटीको नशा फ़ूलाउदैं
चिच्याई रहेछ
बिदेशमा रोज़गार गर्नेलाई यही स्वदेशमैं :-राम्रो जागीर
जग्गाबिहीनलाई:- लालपुर्ज़ा
बेरोजगारलाई:- बेरोज़गारी भत्ता
किसानहरूको बिनाब्याज:- ऋण उपलब्ध गर्ने छू ।।
मानौ, आफ़नो घाटीको नशा बाहीरै निस्कने गरी
बिश्वशान्तिको, आग्रगमनको, बिकाशको, आर्थिक सबृद्घिको
भाषण गरीरहेछ अकस्मात केही महीना यता ।।

म मेरो घरको छतबाट चुपचाप हेरीरहेको छू,
म सोचीरहेको छू,
अझै आशा गरीरहेछू,
बर्षौ पहिले मबाट साँपटी लगेको पैसा
यो चुनाब पंछी फ़िर्ता गर्छ की भनेर ?

अर्जुन दृष्टि पौड़ेल
पोखरा
हाल :- टोकियो जापान


Wednesday, January 11, 2017

'टोकियोमा कफी कक्टेल' :-

'कफी कक्टेल'
- अर्जुन दृष्टि पौडेल, जापान

   हामि यात्रा गर्दा हामि मात्र यात्रा गर्दैनौ । संगसंगै हाम्रो समय पनि यात्रा गर्छ । यहि क्रममा मेरो समय जापान आएको आज २ वर्ष बढी भैसकेको रहेछ । यहाँ आएर मसंग मेरो थुप्रै समय हिडिसकेको छ । सधै जसो समयले डोर्याएर मलाई हिडायो । तर आज एउटा हिउदको दिन मैले समयलाई मेरो हात समाउन लगाएर हिडाइदीए । यसरि नै म र मेरो समय एकसाथ टोकियो पुगियो ।

   बिश्बको सबैभन्दा महंगो र ब्यस्त भनीने यो शहरमा हाम्रो मेहफ़िल छोटो समय मैं भएको भने पक्कै होइन । बतास भन्दा ब्यस्त साथीहरुलाई एकै ठाउँमा अडयाउन सामाजिक संजाल बढ़ी अग्रसर रहयो । लामो दौडधुपबाट मेसिन जिन्दगीलाई थोरै आराम मिल्ने नबवर्ष २०१७  को बिदा नै हाम्रो लागि एक योजना र मेहेफिलको पुल बनी दियो । तेहि पुलको माध्यमबाट आदरणीय साथी तथा कवी रबिन शर्मा को कुटी  ईईदाबासीमा जनबरी ३ मा  समयले लगन जुरायो ।

  हल्ला र बिज्ञापन गरिएका ग्यादरिंगहरु फिक्का फिक्का हुने गर्छन भन्ने हल्ला सुनेको हामीलाई  मनमा एक खालको छूटै डर थियो । हामीहरुको कार्यक्रम  भेटघाट, सुन्ने र सुनाउनेमा मात्र लक्षित थियो । थोरै संख्यामा मात्र साथीहरुको उपस्थिति हुन्छ र हाम्रो बद्नाम हुन्छ कि त भन्ने अर्को भयानक अड थियो ।  यो विदेशको ठाउमा कुनै जमघट भयो त्यसलाई कार्यक्रम को नाम दियो र मान्छे अलिक कम भए भने आयोजना गर्नेको नैतिकतामा प्रश्न उठाइने गर्छ । हाम्रो स्थानको क्षमता अनुसारको उपस्थिति देखेर सम्पूर्ण डरहरुले मनबाट डेरा सरे ।

  यो ठाउमा पहिलोपटक मैले जो हेरे पनि आफूजस्तो देख्न थाले । सधै सधै जापानिज को अनुहार देख्दा देख्दा आजित भएका हामीलाई आफ्नो माटोको रंग छुटेको अनुहार सम्म पनि देख्न पाउनु भाग्यको कुरा हुन्छ । यो पालि त एउटै माटोबाट बग्दै बग्दै आएका हामीहरु त्यहि माथी माटोको जात पनि मिल्ने । सबै साहित्यलाई माया गर्ने लेख्ने पढ्ने । सबै जना उस्तै उस्तै । सामाजिक संजालमा बाक्लो परिचय भएकालाई पनि यहा चिन्ने दिमाग पातलो भयो ।

   टाढावाट आउनु भएका दिलीप बाबु शिबा र  कायर्क्रम सुरु हुने केहि समय अगाडि मात्र उपस्थितिको जानकारी पाएका आदरणीय भुबन रोक्का सर मेरो लागि भेटको बिशेस सस्पेन्स हुनुहुन्थ्यो ।  लोकनाथ अधिकारी सर ले मेरो मनलाइ थप पुलकित पार्नु भयो । सुरुको समय देखि अंतिम समय सम्म सबै साथीहरुका रचना सुन्ने र हौसला प्रदान गर्नु हुने मधु सूदन पराजुली, बिनोद बिक्रम शाही, अर्जुन भुसाल र बिक्रम पाण्डे लगाएतका साथीहरुको साथले छुटै खालको ऊर्जा दिएको थियो ।
केहि बेरको परिचय पछी सुरु भयो ‘कफी कक्टेल ’ "यानकी कफी विथ पोएट्री" जुन दिउसो 3:30 बजेबाट राती 11:30 बजेसम्म लामो समय लगातर चलिरहयो ।

बुलन्द आबाजका धनी 'संदीप तिमिल्सिना'को आबाज गुन्जियो ।
बाध्यताले दूरी वढाएको वेला
देश देख्छु आजभोली निदाएको बेला ।।

बिच बीचमा 'भुबन रोक्का' सर का केहि श्रीङ्गगारिक सेर हरुले माहौल तताएको हुन्थ्यो कति बेला भने यस्ता जिबन्त सेरहरुले ।

मनहरुमा त मन भेटिएन पथ्थरहरुमा झन भेटिएन
खोजिरहेछुँ अझै खोज्नेछुँ छायाँहरुको तन भेटिएन ।।

'लोकनाथ  अधिकारी' सरका कबीताले सिंगो युग नै बोकेका रहेछन;-
'रोबोटको पनि मन हुन्छ'

रिमोर्टद्वारा सञ्चालन हुने
रिमोर्टद्वारा नै कन्ट्रोल हुने
रोबोर्टको पनि मन हुन्छ
रोबोट हाँस्दैन
रोबोट रुँदैन
रोबोट चिच्याउँदैन पनि
ऊ त निर्देशित हतियार नै हो
तर
पाप सोचेर कुहेको भन्दा
घातअपघात गर्नेभन्दा
एउटा सुन्दर मन हुन्छ
निर्जीव रोबोटको।

धेरै टाढा नागोया शहर देखि आउनु भएको 'दिलीप बाबु शिब' का रचनाहरु बुलन्द रहेछन ।

स्वार्थी मात्रै बस्ने रैछन तिम्रो शहरमा
मानिसले नै डस्ने रैछन तिम्रो शहरमा ।।

मिठो आबाज र उत्तिकै मिठो हाँसो हुनु भएकी 'संगीता कुँवर'को सहभागिता र पोखराको प्रेम कहानीले मजबूत बनाएको थियो साहित्यक बसाई । यहॉ संग रबिन जी को दोहोरीगीत पनि उत्तितै मिठास थियो ।

भद्र स्वभाबमा रहनु भएको 'सुमित गिरी'ले भने एक ग़ज़ल संग्रह 'स्मीत' र 'अनिदा आँखाहरु' मुक्तक संग्रह प्रकाशित गरी सक्नु भएकी सुमित गिरी यसो भन्नु हुन्थ्यो ।
ऐनामा उदास अनुहार देख्छु
हरपल हरक्षण दिक्दार देख्छू ।
कैलै स्वतन्त्र हुन सकिन
आफ्नै मनभित्र करागार देख्छु ।।

'बाड़ुल्ली र यादहरु' मुत्तक संग्रह निकाली सक्नु भएका 'अरुण पौडेल'का मुत्तकले पनि धेरै फरकपन दीएको थियो ।।
जसरि तिमीलाई घर देश रमाइलो लाग्दैनन भाग्यहरुलाई नियतिका आदेश रमाइलो लाग्दैनन्
प्रतिक्ष्या मा बस्नु तिमी आउछ अरुण छिटै मलाई पनि तिमी बिना प्रदेश रमाइलो लाग्दैनन ।।

कायर्क्रमका प्रमुख संयोजक तथा प्रस्तोता मिठो आबाजका धनी यस महफिल का एक सच्चा हस्ताक्षर 'रबिन शर्मा'को साथ र सहयोग साथको प्रसंसा गर्ने सब्द छैन् । उत्तिकै महफिल जमाउनु भएको थियो यसरी ।
पानी पिऊनु भन्दा पहिले आशु पियछ , मरुभुमिमा देख्यो कुवाँ कठै बिचरा ।।

अर्का  हस्ताक्षर 'गिरिजा गैरे' जीले उसै गरी बुलन्द बचान शैलीले स्थान जग मगाउनु भएको थियो ।।
चाहे बिग्रीयोस चाहे बनोस देश भनेको देश हुन्छ टाढा पुगेपनी चार कोस देश भनेको देश हुन्छ ।।

सबै सष्ट्रालाई camera मा कैद गरी रहनु सधै हाँसी रहनु हुने 'आनन्द अधिकारी' भरपुर रूपमा साथ दिनु भएको थियो । यहाँले camera पछाडिबाटै महिफलमा ईंटा थप्नु भएको थियो ।
खोला बगिरहेछ आफ्नै लहरमा
खै म कहाँ हराए तिम्रै रहरमा।
आमा खुसि थिईन गाउको झुपडिमा
महलले कहिले हसाएन सहरमा ।।

अर्का सष्ट्रा र बहर ग़ज़लमा कलम चलाउने र सबैलाई हसाई रहने 'अरुण जंग पूरी'ले माहोललाई बेला बेलामा रोचक बनाउनु भयो ।
कदम उठाऊ कि वार होला कि पार होला
गरेर खाने छ हात के को दोधार होला ?

धेरै जसो श्रीगारिक रचना भनी रहने 'मीनराज बस्तोला' सबैभन्दा बढ़ी ब्यस्त हुनु हुन्थ्यो आफ्ना रचना सुनाउन ।

नदीको पानी बेचेर हिमालको हिऊ बेचेर
अब कसरी देशको माटोमा म उभिऊ बेचेर

मेरो लागि तिमी देश र माटो उस्तै उस्तै हो
भन आमा चिरिएको मुटु कसरी सिउ बेचेर ।।

'बल्लभ बाबु' यसो भन्दै हुनु हुन्थ्यो बेला वेलामा ।

न मन्दिर न मस्जिद नत कैलॉसमा
उ त हून्छ शुद्ध अनी सच्चा विश्वासमा
सक्छौ भने बुडी आमालाई हसाउंन
हिंडनु पर्दैन ईश्वरको तलाशमा ।।

'दिप पाठक'ले रमाईला, समय सांन्दर्भिक रचना मै ब्यस्त रहनु भयो अन्तिम समय सम्म ।।

भ्यागुतोलाई कुवाँ के-के सोच्छ होला?
राज्यहाक्ने बुर्जुवा के-के सोच्छ होला?

आँखाजुधाई हेरेआज गाउँको मुखीयालाई
रै'छ बन्दुक भरूवा,  के-के सोच्छ होला?

'किसोर शर्मा' का रचनाले हाम्रो माहोल शान्त पर्ने काम गर्दथ्यो भने कुनै रचनाहरुले भने सवैको अनुहार हसिलो बनाउने गर्दथ्यो ।।

आम्मा हो, यस्तो होला परदेश सोचेको थीईन
र कष्ठकर यहाँको पारीबेस सोचेको थीईन

सुन्न त, असफलता नै सफलताको प्रतिक सुनेथें
तर पनि, यती धेरै लाग्ला ठेस सोचेको थीईन ।।

भद्र र शान्त स्वभाबमा बसीरहनु भएका 'बिनोद बोहोरा'ले पनि रचना बाट सबैको मन जीतिरहनु भएको थियो ।

यो शहरमा पैसाको खूबै जय जय हुन्छ ।
जो पैसा उता उता खेलाउछ उ महोदय हुन्छ ।।

  फरक फरक अनुहार, फरक आबाजको उपस्थिति सबैले कलम चलाई रहनु सबै एकै ठाउँमा जमघट हुँदाको माहोल ज्यादै पृथक र रोचक बन्दों रहेछ । 40 मिनेट जति सामाजिक संजालबाट प्रत्क्षय प्रसारण पनिले अझै कार्यक्रम अझै ब्यबस्थित बनायो र केहि ग़ज़ल चर्चित ग़ज़ल कार्यक्रम 'बुलबुल' बाट प्रसारण गर्ने ब्यबस्थाले बिश्बभर छरिएर रहनु भएका साहित्यप्रेमी सम्म पुग्न सफल भयो जस्तो लाग्छ ।  अब अर्को बिदा र सबैलाई अनुकूल मिल्ने समयको प्रतीक्षा गर्दै आगामी दिनमा केहि फरकपनको नितान्त साहित्यिक कार्याक्रम गर्ने हामीहरु याद बोकेर फर्कियौ ।
घर आएर छाम्दा थाह भयो मैले मेरो मन त् साथीहरुसंगै पो छोडी आएछु ।

                    धन्यवाद !!!


Sunday, November 15, 2015

गजल (कहिले काँही)

मौनताले यस्तो जादु  गरीदिन्छ कहिले काँही
भित्ताले आवाज निकालिदिन्छ कहिले काँही

आँखासम्म आज आफ्नो काबुमा राख्न सकिन
रोक्दा रोक्दै आफैलाई बगाईदिन्छ कहिले काँही

बतासले समेत घरि घरि ढोका ढकढाक्याउछ
पर्खाइमा बसेको मन झस्किदिन्छ कहिले काँही

म भित्र बसेको छ एउटा तिमि जस्तो मान्छे
उसैसंग मेरो मान्छे हारीदिन्छ कहिले काँही

सबैभन्दा बढी अचेल आफै देखि डर लाग्छ 
मैलाई हेरी ऐना पनि चर्कीदिन्छ कहिले काँही  

© Arjun Dristi  पौडेल
हाल : जापान


Saturday, January 31, 2015

गजल (पैतालाहरु)

थाहै हुन्न कुन सफरमा रोकिन्छ्न पैतालाहरू
कैले फूलमा कैले काँडामा ठोकीन्छ्न पैतालाहरू

आगोको गोरेटाहरुमा हिडने बानी परेको हुँदा
तलाउको बाटो भेट्दा आतीन्छ्न पैतालाहरू

सुनको जुता लगाएर सुतेको छ कोहि यहाँ  
के भोलि चितामाथि साटीन्छ्न पैतालाहरू ?

खालि खुट्टाबाटै अध्यारोमा यसरि दौडिएछ की
उज्यालोमा चप्पल देख्दा तर्सिंन्छन पैतालाहरू

यस कारण उडेर जून छुने लक्ष्य लिन सकिएन
केबल धर्तीमामात्र विश्वासले भरिन्छन पैतालाहरू

© अर्जुन 'दृस्टि' पौडेल
पोखरा
हाल टोकियो, जापान

Saturday, January 3, 2015

कबिता (बहार बनेर)

म वहार बनेर
तिम्रो जिन्दगीमा आएको थिए
तिमिले
झरेको फूल सम्झेर
मलाई कुल्चीदियौं/ पाउमा राखी दियौं ।
म तिम्रो नयनमा बसेको थिए 
तर तिमिले
आशुले पखालेर वगाई दियौं ।
अव म तिम्रै ढुकढुकीमा वसीरहेको छु
सक्छौ भने हटाउ यहाँवाट पनि
तिम्ले फेर्ने सास रोकेर ।।

अर्जुन 'दृष्टि' पौडेल
पोखरा

Friday, January 2, 2015

गजल (केहि नगुमाइ कसैले)

नगरकोटमा गजल बाचन गर्दै


केहि नगुमाई कसैले पनि केहि पाएको देखिदैन
उभिएरै हातका औलाले पैइताला छुन सकिदैन

आँखालाई सफा राख्न आँखामा आशु चाहिन्छ
आशु बगाएर अनुहारको दाग कहिल्यै मेटीदैन

एउटा स्विइ निकालेर घडी रोक्ने प्रयास नगर 
घडीले त पर्खेला तिमीलाई तर समयले पर्खिदैन ।

नराम्रो सपना आयो भनेर घर बेचौला तिमीले 
तर बिचार गर्नु घर बेचे पनि सपना बेचींदैन ।

बडो मेहनतले जिन्दगीले काचुली फेरेजस्तो लाग्छ
ज्योतिषको हातबाट किन जिन्दगी सुनौलो सुनिदैन ?

© अर्जुन 'दृष्टी' पौडेल

Saturday, December 27, 2014

गजल (रुखहरु)

एउटै जंगलमा मिलेर अटाइरहेछन्  रुखहरु
मान्छेलाइ बाँच्ने कला सिकाइरहेछन् रुखहरु

मिच्नै खोज्ने सधै हडप्न खोज्ने मुखियाजस्ता  
बनमारा झारको कथा सुनाइरहेछन् रुखहरु

आयतन फरक छ प्रत्येकको उचाई फरक छ 
तर किन एउटै बतास पठाइरहेछन् रुखहरु ?

आधि तुफान धेरै आयो उनीहरुको जिन्दगीमा
आफ्नो स्थान भने सधै जोगाइरहेछन् रुखहरु

एउटा बाउले बच्चालाई खेलाए जस्तै गरेर   
छातीमाथि हामीलाई हिडाइरहेछन् रुखहरु

© अर्जुन 'दृष्टी' पौडेल

Thursday, December 25, 2014

गजल (अभाव देखाएर सधै)

भारतीय अग्रज कबि/ गजलकार

अभाब देखाएर सधै अभाब मेटाएको छ
उस्ले यसरि आफ्नो जिन्दगि चलाएको छ

अब सुबास दिनु अगाडी फूलहरुले सोच्लान
उनीहरुको कारण यहाँ अरु कोहि रमाएको छ

यस्तो भैरह्यो भने बिर्सन कसरि सकिन्छ ?
सास फेर्ने बतासमा कसैले याद पठाएको छ

आउ तिमि पनि एक पटक समाएर बिचार गर 
जुन हातसंग मृत्युले धेरै पटक हात मिलाएको छ  

जिबन युद्द हो प्रतेक पल जित्न सम्भब हुदैन
मलाई अर्जुनको इतिहासले यो कुरा सिकाएको छ

© अर्जुन 'दृस्टी' पौडेल
पोखरा

गजल (धेरै जसो जिन्दगी)

धेरैजसो  जिन्दगी चलाईन्छ सपनाबाट
सपना पूरा हुन्छन् मात्र योजनाबाट

बचपनमा नै उसले हतियार चलायो
सायद जन्मीएको हुनुपर्छ यातनाबाट

पहरा कसरी रसाउछ थाहा भएन
आखा रसाउछन उसैको सम्झनाबाट

उ सफल हुनुको एउटै कारण रहेछ
सधै सधै मुस्कुरौछ  आफ्नै बेदनाबाट

अर्जुन सफल हुन्छ या हुदैन भविष्यमा
आजसम्म सफल भाछ पुरानै निशनाबाट

अर्जुन 'दृस्टि' पौडेल

कबिता (गुनासो)

उदायो पहाड माथिबाट
एक बिहानै घाम
च्या च्या आबाजबाट
घामसंगै  मेरो जन्म भयो

म संगै जन्मीएको त्यों घाम बरफ जस्तो छ
त्यों घाम सिरेटो जस्तो छ
यो समजले यस्तो बुझ्यो की
घामबाट निस्केको घाम समाजको थियो
घामबाट निस्केको घाम हराएको थियो

जीन्दगीको घड़ी घुमे जसरी
समयले हुर्कौउदै
समयले सिकाउदै
दुई खुट्टा टेक्ने बनाएर उभाई दियो
यही समाजमा ।

यो समाजसंग कुनै दुश्मनी छैन
यो समाज संग कुनै रिसईवी छैन
र यो सामाजको हिस्सा रहेको छु
यही समाजले रहनु भएकी मेरी आमालाइ
आमाको रुपमा सम्मान गर्छ
सेताम्मै कपाल फुलेकी आमाल़ाइ पूर्ण मान्छ
यही समाजले सबथोक ठान्छ

तर पनि
यो समाज सँग गुनासो छ-
मेरै आमालाई सबथोक मान्ने समाजले
मलाई सधै बाबू नभएको टुहुरोबाट सम्बोधन गर्छ ?

© अर्जुन 'दृस्टि' पौडेल

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel