
नीरस मैनाली (केटा) र म (केटी) विच सिर्जना मार्फत मिति २०६९।२।२५ गते विहीवार फेसवुकमा भएको भलाकुसारी (दोहोरी)
नीरस मैनाली
~~~~~~~~~~~~~~
शान्त मेरो तलाऊमा ढुङ्गा हान्न किन आयौ
नदी पारी तार्छु भनि डुङ्गा तान्न किन आयौ
रमाएर बसेकै थे आफ्नै ताल्मा जसरि नै
गुलाबको फूलको त्यो थुङ्गा हान्न किन आयौ .//
अर्जुन पौडेल (म)
~~~~~~~~~~~~~~
दुई दिने चोलामा केही लुट्न आए
माया प्रित रंग रस साट्न आए
झुर्मे लाग्यो, माया त असलै थियो
धनीसग धन चोरी, गरिवको मन चोर्न आए .//
नीरस मैनाली
~~~~~~~~~~~
लुटुन पाए जवानी के, सबैथोक लुटिन्छ नि
चुट्न पाए अगं अगं, छामि कन चुटिन्छ नि
माया प्रित देखावटी, भयो धन ठूलो अब
धुत्न पाए धुर्तै बनि, सकेजति धुतिन्छ नि .//
अर्जुन पौडेल (म)
~~~~~~~~~~~~~~
नौटंकी तिम्रो नाटक केवल लुट्न कै थियो
मायाका कुरा गरी शरीरसँग साट्न कै थियो
माया ठानी देहसँग कै लागि सकिन जोवानी सुम्पीन
राप्यौ आखिर झुटको खेती दिलवाट लखेट्न कै थियो....//
नीरस मैनाली
~~~~~~~~~~~
रङ्गमञ्च हो दूनियाँ यो हामी रङ्गकर्मी
तिमीपनि पापिनी हौ होईनौ साँच्चै धर्मी
धनको लागि लत्याएर गएपछि मलाई
अहिले कस्ता कुरा तिम्रा लाग्छौ शिल्पकर्मी.//
अर्जुन पौडेल (म)
~~~~~~~~~~~~~~
जसरी जिए पनि रंगीन संसार हो जिन्दगीको रित
नसकिने रैछ पाप कुल्चीई दोष मात्र देखाउने सित
किन माया दिनु पर्यो खुशी पुरा गर्न नसक्नेले
भन्थ्यौं तिमी खुशी भए त्यही नै मेरो जित .//
नीरस मैनाली
~~~~~~~~~~~
रगींन मानेपछि जीवन, जसरी नि बित्ने रैछ
कहिले तिम्रो पल्ला भारी, कहिले मैले जित्ने रैछ
नमान सुर्ता शरीर गल्छ, शोकले त केही हुन्न
गरेर पीर केही नि हुन्न, पीरले नै थिच्ने रैछ..//
अर्जुन पौडेल (म)
~~~~~~~~~~~~~~
पाएको दुई दिने चोला रंगिनमा नै विताउनु छ
खोज्नु छ नयाँ धनीमानी सँगै रमाउनु छ
पीडा र शोकलाई हटाई सुन्दर वस्ती वसाई
मोज मस्ती रसरंगमा नै जिवन सजाउनु छ ।।।
~~~~~~समाप्त~~~~~~~~~~~~
0 comments:
Post a Comment