
पहिलो भेटमै आँखा मारी जाली भने मैले
धसेकी मात्र रैछ पाउडर काली भने मैले
साडीचोली सवै छाडी लगाउदी रैछ टालो
हातमा चुरा सिउँदो त्यसै खाली भने मैले
सरासिली रैछ मोरी कुराकानी गर्दै जाँदा
मोहनी रस चुहाउने मेरी साली भने मैले
रहरको सागरमा डुवी सक्यो अहिले मन
डाँडापारी हुँदै घाम अर्को पाली भने मैले ♥♥
0 comments:
Post a Comment