
वनावटी दिलमा परेछ मेरो मन
अपुरो सपना भै टरेछ मेरो मन
आगमनकै प्रतिक्षामा रात काट्दा
विहानी नै नभई झरेछ मेरो मन
काँडा हटाई दिलमा राखी सजाउदा
फेरी नपलाउने गरी मरेछ मेरो मन
मुटु नै सम्झी धड्कनमै राखी दिदा
नफर्कने खोला वनी वगेछ मेरो मन
Powered By Blogger Widgets



0 comments:
Post a Comment