
हराई तिम्रै मायामा सास फेर्न भुली सकेँ
जीउनेछु तिम्रै लागि अव मन टाली सकेँ
बयेलिँदै बतासमा उड्यो मेरो मनको वह
तिमी विना रित्तो लाग्छ दिल खोली सकेँ
फुल्दैन धरतीमा चैतमास वसन्तको लाली
तिम्रो मायालाई स्वर्गनर्क मानी डुली सकेँ
रमितेलाई रमितैभो हाँस्नेलाई हाँसो मात्र
अँधेरीमा डरछैन मनको छाया छली सकेँ
0 comments:
Post a Comment