
मनका कुरा नखोली लुकाएझै गर्छौ किन ?
आँसु झारी सधै मन दुखाएझै गर्छौ किन ?
भेट हुने संयोग पर्दौ रहेछ खाली त्यस्तो
तडपिएर कयौं मुल्य चुकाएझै गर्छौ किन ?
महिनौं तडपिए पछि भेटका दिनमा पनि
पहिलो भेटमा शिर झुकाएझै गर्छौ किन ?
आँखाका ईशाराले वुझेकै थिए तिम्रो भाव
भोली थाती राखी रोकाएझै गर्छौ किन ?
मनका कुरा नखोली लुकाएझै गर्छौ किन ?
आँसु झारी सधै मन दुखाएझै गर्छौ किन ?
0 comments:
Post a Comment