
उजाड मेरो मन डुलाउन, कोही आए हुन्थ्यो
मुस्काउरादै दिल फकाउन, कोही आए हुन्थ्यो
दुःख जति मलाई दिई हाँसो जति आफै लिई
केही समय सम्म भुलाउन, कोही आए हुन्थ्यो
मरुभुमी उजाड वस्ती जस्तै मेरो जिन्दगीमा
योवनका तिर्खा मेटाउन, कोही आए हुन्थ्यो
अस्तित्व मेटन लागेको सुन्दर शहर पोखरामा
वहारको रंग लिई घुमाउन, कोही आए हुन्थ्यो
उजाड मेरो मन डुलाउन, कोही आए हुन्थ्यो
मुस्काउरादै दिल फकाउन, कोही आए हुन्थ्यो
0 comments:
Post a Comment