
अव मन दुखेको गजल वनाउँदीन म
रहस्यहरु लुकेको गजल वनाउँदीन म
पराईले हाँसो लुटिएको पापी संसारमा
मायामा नै झुकेको गजल वनाउँदीन म
चाहेर पनि पाउन नसक्ने तिम्रो शहरमा
आत्मावाटै उठेको गजल वनाउँदीन म
नियती स्वरुप खाएको चोटकै वदलामा
भाग्यले नै थुकेको गजल वनाउँदीन म
0 comments:
Post a Comment