
शिशिरको पतझडला पनि वसन्तको पालुवा झै देख्दै होला तर यहा भने पूर्णीमाको रातमा पनि औंशीकै निसिमा छाउने गर्छ, लाटेकोसेराको उदासीसँग मितेरी लगाउदै प्रत्येक रात विरहले रुने गरेको छ । गुनासो त केही थिएन, धोका दिनु नै थियो भने मलाई छोडेर अर्कोलाई अगाल्नु थियो भने शितको थोपा झै विगाएर जानु थियो भने किन लायौं म सग तिमिले माया ? किन गर्यौ मसँग वाचा वन्धन मेरो मन यही नेर दुखेको छ भास्किएको छ ।
साच्चै हाँसो र खुशीले कहिल्यै साथ दिन चाहेन मलाई........ हिजो आज तिमि नहुँदा आशु नै त साथी छ मेरो यो शुन्य वस्तीमा....... फरक यति छ पहिला पहिला तिमिलाई देख्दा, तिमिलाई माया गर्न पाउदा रमाएर रुने गर्थे...... आजभोली तिम्रो सम्झनामा तडपिएर रुने गर्छु । यो शुन्य वस्तीमा तिम्रो आगमनको प्रतिक्षा गर्दा गर्दै अधिर भएर रुने गरेको छु । यस्तो कल्पनामा तिम्रो वियोगलाई भुल्ने पर्यत्न गरेको छु....... भुल्ने पर्यत्न गरेको छु ।
मेरो कोमल, आकाश झै निश्चिल मनको अर्थ नै नवुझी तिमिले हाम्रो मायालाई चटक्कै माया मारेर, निर्दयतापूर्वक तिरस्कारको भारी बोकाएर निष्ठुरी बनी पवित्र र कञ्चनरुपी मायाको उपहास गरिदियौं । त्यो अन्तिम निर्णयले मेरो मन नराम्रोसग छटपटाएको छ । वर्षाको वाढिले वगाएको पाखो झै भएको छ । मेरो मायालाई भुलेर, हाम्रा ति रमाईला पलहरुलाई चटक्कै विर्सीएर किन त्यसरी धोकाको चोटिलो अस्त्र प्रहार गयौं के जवाफ छ तिमिसग ?
0 comments:
Post a Comment