

फर्की आउनुहोस विरानो नसम्झ, हजुरलाई तपाईकी लाटीको कसम छ... के गर्नु खाली परिस्थितीलाई दोष मात्र दिएर कहा हुन्छ र मेरो हजुर ? जे पुग्छ त्यही खाउला सँग सँगै मेलापात गरौला दुख सुख सँगै जे हुन्छ त्यस्तै खाउला त्यती भए हुन्न र हजुर ? मलाई धनै दिएर मात्र खुशी हुन्छ र म ? तपाईको मायाको मुल्य चुकाएर, रुन मन लाग्छ मुहार लुकाएर मेरो हजुर..... म रोए पनि मेरो हजुर हाँसे पुग्छ, परेलीमा हाम्रो माया साँचे पुग्छ.... तपाईकै फोटो सधै सिरानी मुनी राखि रुएकै रुएयै छु धोको मेटाउन .. के गर्नु हजुर परिस्थिती टाढा वनाए पनि तपाई मेरै नजर वरीपरी घुमि रहनु भएको छ.... कहिले काही मलाई यस्तो लाग्छ विदेशी रमझममा भुली गाउँकी लाटीलाई विस्रेर कतै.. ? आसु पुत्छु रुन्न भन्छु फेरी आसु झर्छ अनी तपाईलाई नै सम्झन्छु ...यस्तै त हो मानिसको चोला भन्दै मन वुझाउछु तर पनि पापी मन वुझ्दैन... विझाउछ फुलले पनि मेरो नहुदा, निको हुन्थ्यो होला दुखाईमा ती हातले छुँदा..... छिमेकीहरु हाँसे जस्तो लाग्छ मलाई देखेर, मुटुमै घाउ छ मै दुखीलाई जिस्काए झै लाग्छ मेरो हजुर... सिरानी मुनी हजुरको तस्वीर, मुटु भरी तपाई कै माया .. जहिले पनि भन्नु हुन्छ नअत्ति वस लाटी । तपाईकी लाटीलाई देख्न मन लाको छैन र ? कति घाम सस्ताए कंयौ पटक जुन पनि उदाए अझै पनि फुर्सद भाको छैन र मेरो हजुर ?
0 comments:
Post a Comment