
जिन्दगीभरी सजाउछु भन्छौं लाग्छ फेरी शंका
छाती भित्रै अटाउछु भन्छौं, लाग्छ फेरी शंका
गन्तव्यविहीन रुमलिएको अन्धकार जीवनमा
मायाकै दीप जलाउछु भन्छौं, लाग्छ फेरी शंका
पाईलाहरु मोडी तिरस्कारको वचन दिएमा पनि
हजुरकै छातीमा रमाउछु भन्छौं, लाग्छ फेरी शंका
जिन्दगीकै ठुलो नाता गाँसी दिए तपाई देउतासँग
वहकिन खोजे सम्झाउछु भन्छौं, लाग्छ फेरी शंका ♥
0 comments:
Post a Comment