
एक चेलाले गुरुसँग भन्यो, 'मलाई कुनै सही मार्ग सुझिरहेको छैन । म तिनै कुराको बारेमा सोचिरहन्छु जो निषेध गरिएको हुन्छ । जुन चीज बर्जित छ, मलाई त्यही चीज प्राप्त गर्ने इच्छा प्रबल हुन्छ । जे गर्दा अहित हुन्छ मलाई त्यही काम गर्न मन लागिरहन्छ । म के गरूँ गुरुदेव ?'
गुरुले शिष्यको कुरा ध्यानपूर्वक सुने र नजिकैको गमलामा हुर्किरहेको बिरुवा देखाउँदै सोधे, 'त्यो के हो ?' शिष्य अलमलियो । ऊसँग कुनै जवाफ थिएन ।
गुरुले आफैँ भने, 'यो बेलाडोनाको विषालु वृक्ष हो । यसको पात खायौ भने तिम्रो मृत्यु पनि हुनसक्छ । तर, यसलाई हेर्दा मात्र चहिँ यसले तिमीलाई कुनै हानी गर्दैन । सोहीप्रकारले अधोगतितिर लैजाने विचारले तिमीलाई तबसम्म हानी गर्दैन, जबसम्म तिमी त्यसको आदतमा पर्दैनौ ।'
0 comments:
Post a Comment