
पैसा पाए मनै साटिन्छ, किनकी जवानी छ मसँग ।
धनै भए तनै पोखिन्छ, किनकी जवानी छ मसँग ।
सधै कहाँ रही रहन्छ, देख्दै रसाउने वैंशालु ओठ
पोखे धन सवै देखाईन्छ, किनकी जवानी छ मसँग ।
कुरा काट्नले काटी रहन्छ साराले, सकिन्न मुख थुन्न
योवनका तिर्खा पिलाईन्छ, किनकी जवानी छ मसँग ।
वुढेसकालमा तिर्थ वतृ, जवानीमा नै सारा मोजमस्ती
पैसा भए यहाँ सवै खुवाईन्छ, किनकी जवानी छ मसँग ।
0 comments:
Post a Comment