
सालका पात टिपी टपरी गाँस्न मन लाग्यो
जोई पोई दुवै सँगै वसी हाँस्न मन लाग्यो
छटपटि र एकलतामा नै कयौं विते रातहरु
पण्डित खोजी अव पिरती गाँस्न मन लाग्यो
पीडै पिडामा कति भुलाउ जीवन यो शहरमा
अग्नीसाक्षी राखी लगनगाँठो कँस्न मन लाग्यो
आँखा छली छली कति रमाउने माया पिरतीमा
दुनियाले देख्ने गरी छातीमा टाँस्न मन लाग्यो
0 comments:
Post a Comment