Ads 468x60px

Wednesday, June 26, 2013

गजल ३०९ (नजिकै आउ)

नजिकै आउ भन्यौ आईदिए
माया लगाउ भन्यौं लाईदिए


हियार भित्र थन्केका पिरका
गीतहरु गाउ भन्यौं गाइदिए

मेरै सम्झनाले डस्ने मनमा
मायाले छाउ भन्यौ छाईदिए

गुलाव फुलझै खुशी बसाउन
मझेरीमा धाउ भन्यौं धाईदिए

Friday, June 7, 2013

गजल ३०८ (गजलकारहरु)


आफ्नै शुरका हुन्छन गजलकारहरु 
भावनामा बगि रुन्छन गजलकारहरु 

आगोलाई पिएको कल्पनामा डुवेर 
जुनको शितलता दिन्छन गजलकारहरु 

भोगाई भन्दा कल्पनाका चित्रहरुलाई 
शव्दवाट शेरमा उन्छन गजलकारहरु
 
अन्याय, अत्यचारहरु तिरस्कार गरी
समाजका आवाज सुन्छन गजलकारहरु 

गजल ३०७ (अर्जुन पौडेल)

बुझ्नेलाई सधै नम्वरी सुन अर्जुन पौडेल
नवुझ्नेलाई मकै भित्रको घुन अर्जुन पौडेल

जस्तालाई तेस्तै ढिडालाई निस्तै वानी हुँदा
उज्यालो दिने पूर्णीमाको जुन अर्जुन पौडेल

भाग्यको दोष नठानी कर्ममा सपना सजाउदै
गासहरु बढाउने स्वादिलो नुन अर्जुन पौडेल
...
वासुरीको सुर उस्तै तवलाको तालमा जस्तै
आफ्नै सुरको सुसेलीको धुन अर्जुन पौडेल

गजल ३०६ (मरिन्छ भोली)

मरिन्छ भोली आज बाटो समाउनु पर्ने
हुदैन कात्रोमा गोजी तैपनि कमाउनु पर्ने

गईन्छ एकदिन त्यो हरियो वासमा नांगै
आज रंगिबिरंगी लुगा बेरी लगाउनु पर्ने

मिसिन्छ भौतिक शररी अवश्य माटो वनि
बाचुञ्जेल तेरो मेरो मान्दै जमाउनु पर्ने

गजल ३०५ (उकाली चढ्छ)

उकाली चढ्छ मन कहिले
ओराली झर्छ तन कहिले

आवारा   बादल  झै  बनेर
क्या सताउछ झन कहिले

मेटाउदै जाँदा ती सम्वन्धहरु
गनाउछ आफ्नोपन  कहिले

अरुको आत्मा रुवाई जोड्दा
हराउछ पक्कै  धन  कहिले

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel