Ads 468x60px

Friday, June 7, 2013

गजल ३०७ (अर्जुन पौडेल)

बुझ्नेलाई सधै नम्वरी सुन अर्जुन पौडेल
नवुझ्नेलाई मकै भित्रको घुन अर्जुन पौडेल

जस्तालाई तेस्तै ढिडालाई निस्तै वानी हुँदा
उज्यालो दिने पूर्णीमाको जुन अर्जुन पौडेल

भाग्यको दोष नठानी कर्ममा सपना सजाउदै
गासहरु बढाउने स्वादिलो नुन अर्जुन पौडेल
...
वासुरीको सुर उस्तै तवलाको तालमा जस्तै
आफ्नै सुरको सुसेलीको धुन अर्जुन पौडेल

0 comments:

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel