मौनताले यस्तो जादु गरीदिन्छ कहिले काँही
भित्ताले आवाज निकालिदिन्छ कहिले काँही
आँखासम्म आज आफ्नो काबुमा राख्न सकिन
रोक्दा रोक्दै आफैलाई बगाईदिन्छ कहिले काँही
बतासले समेत घरि घरि ढोका ढकढाक्याउछ
पर्खाइमा बसेको मन झस्किदिन्छ कहिले काँही
म भित्र बसेको छ एउटा तिमि जस्तो मान्छे
उसैसंग मेरो मान्छे हारीदिन्छ कहिले काँही
सबैभन्दा बढी अचेल आफै देखि डर लाग्छ
मैलाई हेरी ऐना पनि चर्कीदिन्छ कहिले काँही
© Arjun Dristi पौडेल
हाल : जापान
Sunday, November 15, 2015
गजल (कहिले काँही)
Saturday, January 31, 2015
गजल (पैतालाहरु)
थाहै हुन्न कुन सफरमा रोकिन्छ्न पैतालाहरू
कैले फूलमा कैले काँडामा ठोकीन्छ्न पैतालाहरू
आगोको गोरेटाहरुमा हिडने बानी परेको हुँदा
तलाउको बाटो भेट्दा आतीन्छ्न पैतालाहरू
सुनको जुता लगाएर सुतेको छ कोहि यहाँ
के भोलि चितामाथि साटीन्छ्न पैतालाहरू ?
खालि खुट्टाबाटै अध्यारोमा यसरि दौडिएछ की
उज्यालोमा चप्पल देख्दा तर्सिंन्छन पैतालाहरू
यस कारण उडेर जून छुने लक्ष्य लिन सकिएन
केबल धर्तीमामात्र विश्वासले भरिन्छन पैतालाहरू
© अर्जुन 'दृस्टि' पौडेल
पोखरा
हाल टोकियो, जापान
Saturday, January 3, 2015
कबिता (बहार बनेर)
म वहार बनेर
तिम्रो जिन्दगीमा आएको थिए
तिमिले
झरेको फूल सम्झेर
मलाई कुल्चीदियौं/ पाउमा राखी दियौं ।
म तिम्रो नयनमा बसेको थिए
तर तिमिले
आशुले पखालेर वगाई दियौं ।
अव म तिम्रै ढुकढुकीमा वसीरहेको छु
सक्छौ भने हटाउ यहाँवाट पनि
तिम्ले फेर्ने सास रोकेर ।।
अर्जुन 'दृष्टि' पौडेल
पोखरा
Friday, January 2, 2015
गजल (केहि नगुमाइ कसैले)
केहि नगुमाई कसैले पनि केहि पाएको देखिदैन
उभिएरै हातका औलाले पैइताला छुन सकिदैन
आँखालाई सफा राख्न आँखामा आशु चाहिन्छ
आशु बगाएर अनुहारको दाग कहिल्यै मेटीदैन
एउटा स्विइ निकालेर घडी रोक्ने प्रयास नगर
घडीले त पर्खेला तिमीलाई तर समयले पर्खिदैन ।
नराम्रो सपना आयो भनेर घर बेचौला तिमीले
तर बिचार गर्नु घर बेचे पनि सपना बेचींदैन ।
बडो मेहनतले जिन्दगीले काचुली फेरेजस्तो लाग्छ
ज्योतिषको हातबाट किन जिन्दगी सुनौलो सुनिदैन ?
© अर्जुन 'दृष्टी' पौडेल