Showing posts with label हाईकू. Show all posts
Showing posts with label हाईकू. Show all posts
Tuesday, August 7, 2012
हाईकू ~ " शिरमा माया "

(१)
शिरमा माया
शरीर अन्तै वाँडी
साउने व्रत
(२)
नाडीमा चुरा
वोर्डिङ्ग बच्चा छाडी
रंगिन कोठा
(३)
मख्ख फोनमा
पसिनाको कमाई
विचरा पति
(४)
स्वदेश पति
कमाई सवै स्वाहा
विच्छेद आज
Labels:
हाईकू
Monday, August 6, 2012
हाईकू ~ "कठ्ठै गुलाफ "

(१)
कठ्ठै गुलाफ
विछोड दाग लाग्दा
फुलेछ बल्ल
(२)
जान्न सकिन
नक्कली माया भिर्दा
निर्मोही माया
(३)
बिर्सन खोज्दा
पापीनीको वोली
चन्कन्छ झन
(४)
जूनले पोल्यो
पाईला अन्तै मोड्दा
एक्कै चौपारी
Labels:
हाईकू
Thursday, August 2, 2012
हाईकू ~ "खसेछ केटो"

(१)
खसेछ केटो
टिप्न खोज्दामा जुन
धराप माया
(२)
सारा सपना
वगेछन खोलामा
अहिले रित्तो
(३)
भाग्य ताक्नु भो
गन्तव्यलाई भुली
व्यर्थ जीवन
(४)
खुशी लुटेर
आशु मात्र पिउदा
उठेन शिर
Labels:
हाईकू
हाईकू ~ "बहु विवाह"

(१)
बहु विवाह
काँटी जन्ताको हात
नौटंकी आज
(२)
फोडियो सिसी
जंगलीका पालामा
साथी अहिले
(३)
गरियो मज्जा
नायिका कुम सँग
बन्यो नेपाल
(४)
मज्जाको सभा
सहमतीय जात्रा
बिचरा राजा
(५)
काट्दै कुरा
वुझ्दा पनि तलव
पाकेन धान
Labels:
हाईकू
Subscribe to:
Posts (Atom)







