Ads 468x60px

Thursday, January 9, 2014

कविता (अंग्रेजी नयाँ वर्ष–२०१४)

सुमन लम्साल र रमेश सायनको विचमा
साहित्यीक स्रष्ट्रासँग, अक्षरयात्रा लेखनाथ 
म हेरिरहेछु - हिजो साझ देखि
दुलही जस्तै गरी श्रीङ्गारिएको छ
मेरो गाउँ र छिमेकी घरहरु

संसार नै जिते झै गरेर
विजयी उत्सव मनाइरहेछन मान्छेहरु
हिजो अस्ती सुनसान देखिने चोकहरुमा
भिड लागेको छ आज - म हेरिरहेछु
कती सुकिला देखिएका सबैका अनुहारहरु

म अचम्म मान्दै हेरिरहेछु - तिनै अनुहारहरु
जुन अनुहारहरु नेपालीपन भन्दा
विदेशिपनमा रमाइरहेका छन्
र रमाइरहेछन - विदेशी सस्कृति
भित्र्याउने होडबाजिमा

तर, म कता कता डराइरहेछु
कतै भित्रीदै गरेका विदेशी सस्कृतिले गर्दा
नेपाली कला, सस्कृती सँगै
नेपाली मौलिकता
ओझेलामा पर्ने त होइन ?

नेपाल र नेपालीको माया
अनी कला र सस्कृतिको जगेर्ना
हामी युवाहरुको कर्तव्य र अधिकार
भन्ने कुरालाई मनन गर्दै
अङ्रेजी नयाँ वर्ष २०१४ को
सबै सबैलाई शुभकामना

Wednesday, January 8, 2014

गजल ३२६ (त्यो घाम सतहमा)

नाट्यकार तथा गजलकार
पुरु लम्सालसँग
 

त्यो घाम   सतहमा   दौडने प्रयास   गरिरहेछ
अनी यो दुनिया मुठिमा अट्ने अभ्यास गरिरहेछ

उस्ले भोलीको लागि आज हार स्वीकार गरेपछि
गरीरहेछ  उसैवाट यो  युगले  आस  गरिरहेछ

बर्षौ अघि मेरा  आशु  नवुझ्नेले  आज फेरी
मेरो निवासमा आई प्रेमको तलास गरिरहेछ

यहाँ मान्छेवाटै  मान्छेको चरित्र  हत्या भएपछि
स्वयम अर्जुनले पनि पत्थरमा विश्वास गरिरहेछ

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel