Ads 468x60px

Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

Wednesday, December 11, 2013

मनको कथा संग्रह-४

अर्जुन पौडेल
"वुझ्न नसकिने पीरती"

आगमनको दिनमा माया जोडिए पछि आँखाबाट अनगिन्ती रुपमा आशुका दाना रसाइ रहेको थिए जुन कयौं वर्ष तडपिए पछिका प्रतिक्षाको कडि समाप्त भई नयाँ छाल अनी धारवाट अध्यायको थालनी भई सकेको थियो । मायाको अनुरोध स्वीकार गरी उसले सुन्दर सफा मायाको नयनमा सजाई रहेकी थिई । उसले पटक पटक आफै टोलाई भन्ने गर्थी तपाई मलाई कति माया गर्नुहुन्छ ? म हतपत्त आफै उत्तर नदिऊ ठानी उ प्रति नै प्रश्न तेस्राउने गर्दथ्थे, जुन भावुक भन्दा पनि एक ठ्टयौली पारामा । माया अजम्वरी रुपमा दिन प्रतिदिन उसको मन मुटुमा झांगिदै मनको तलाउमा पौडी खेली समुन्द्रको गहिराई सम्म पुगेको उसको नशालु नयनवाट प्रष्ट रुपमा झल्किन्थ्यो । एकान्तमा वस्दा उसले देखाएको म प्रतिको भावुक मायाको स्पर्शका तरंगवाट मन कतै कतै चस्छ सलवलाउछ, जुन प्रष्ट उसैको यादमा हराएको महशुस गरिरहन्थे । माया हराएको महशुस हुँदा अदृश्य नजरवाट मेरो मनमा जमेको भित्री तंरगवाट नयाँ फुल उही पुरानो वासना आफै भविष्यवाणि मेरो मस्ष्तिष्कवाट नहराउने रुपमा डेरा गराई रहेको छ । 

मायाको संसारमा एक प्रेमीले जति माया पाउनु पर्ने थियो जुन कल्पना भन्दा धेरै हजारौं गुणा वढि उत्तिकै शसक्त अनी पवित्र थियो, जुन उसको मायामा वनावटीपन, स्वार्थी कुनै जालझेल जस्तो देखिदैन, जुन उसको प्रष्ट रसाएका आँखा र मलिन स्वर अनी चेहरावाट झल्किन्छ । उसको निस्वार्थीपन माया देख्दा मेरो वाहरी हाँसो जसो तसो ओठ मुस्कुराएको भान हुथ्यो । आफ्नो मनलाई देखेर मज्जा सँग रिस पनि उठ्थ्यो । मेरो हदृयमा उसको मायाको असली छाप पर्न सकेको छैन किन ? ओठमा वनावटी हाँसो वल गरेर मन्द मन्द रुपमा निस्कीएको छ, उसको मायामा मेरो मन पेट खुल्न सकेको छैन, आफै भित्र अनुउत्तरीत प्रश्नले डेरा जमाई सकेको छ । 
 हृदयको भित्री पाटा देखि नै यस्तो लाग्छ की त्यो निस्वार्थ माया म भन्दा अरु कुनै पुरुषले पाओस, सारा खुशी उसकै लागि दिलायोस, दुवै जना जुनको शितलातामा डुवी, सँगै आगो पिएर आफ्नै संसारमा रमाउनु । किन उसले चाहेर पनि उसको वन्न नसकी हृदयको पाटामा हराई उसको मायाको सामुन्द्रिक छाल सँगै गहिराईवाट सारा खुशी मनमा छायोस ? उसको मायालु केवल ठट्टाको रुपमा मात्र वहन्छ, मेरो शरीरको कुनै पनि कुनामा भेटीदैन । साथीहरुको हृदयकै पाटा देखि आएका कुराहरु “ जोडी ढकुरको वयान त पुरानो भई सक्यो, चौतारी र वर अनी पिपलू त उहिलेका कुरा, माया पिरती त यस्तो होस”...  उनी र म सँगै हुँदा साथीहरु विच निस्केका यस्ता अनगिन्ती प्रशंसाले उनी मन्द मन्द ओठमा हाँसो सहित आँखावाट रसाउने मायाका अनगिन्ती थोपाहरु उनका गाला सम्म आफ्नै वाटोमा वगि रहन्छन् तर मेरो मनमा अज्ञात काउकुती लागि रहन्छ, हृदयका पिडा छछल्कीएर ओठवाट मन्द मन्द हाँसो देखिदा पनि भीत्री पिडामा रोई रहेको थिए । आफ्नै हितैसी मित्र सुभचिन्तकहरुवाट वारम्वार निस्कने शव्दहरु मेरो मस्तिकष्मा कहिल्यै पर्न सकेनन् । 
उसको माया समय झै आफ्नै वेगसँगै वढि रहन्छ, मिलनमा हाँसो भन्दा बढि रोदनका आँशु आँखावाट कहिल्यै नसक्नुे छाल वनि झरी रहन्छन् । मेरो भित्री हृदयवाट हिम्मत छैन मेरै निम्ती वर्सिएका मोतीका दाना रोकु, उसलाई अविरल रुपमा मनको चाहना दिई भित्री हाँसो भित्र रमाउ, तैपनि माया गरि रहन्छे, रुमाली निकाली वर्सिएरका दानाले रुमाल सधै धुनु पर्दथ्यो । जव जव मन देखि साच्चीकै रुने गर्छे तव तव मेरो हृदयवाटै क्रमिक रुपमा हाँसो वढ्दै जान्छ, भित्री हाँसो बढ्दै जान्छ, उ रुदा रुदै थाकि सकेकी हुन्छ तर हृदयको मेरो हाँसो फेरी आफै हराउदै जान्छ ।  
आफ्नै विवशता र विगत पलका अनुभवहरुवाट समय विती रहेको थियो । उसले जति माया दिलाउने प्रयास गर्छे झन् वढि मलाई पीडावोध हुन्छ, मायामा त्याग, तपस्या र पिडा अनी वेदनावाट आशु वगाई रुने गर्छे मेरै अगाडी, तव मात्र मेरो वास्तविक हृदयको हाँसो विस्तारै ओठमा छाँउछ । जव रुँदा आफै थाक्छे ओठमा छाँउदै गरेको मेरो खुशी लक्षण विलाएर जान्छ । 
आफै वास्तविकतामा आगो पिएर जुनको शितलातमा छर्दा, मेरो मनमा कहिल्यै शितलताले वास गर्न सकनेछ । मायाको अभावमा एक्लै महशुस भई सहाराको निम्ती आफ्ना पाईला अगाडी अगाडी वढाउन खोज्छे तर मेरो पाईला भने पछि पछी आफै धकलिन्छ मन देखि । मनको तरंगले पछाडी वाटो देखाई रहेको हुन्छ । उ देखि धेरै टाढा टाढा पुगेको हुन्छु मैले सुन्ने गरी वातावरण गञ्जयमान हुने, बनको न्याउली पनि रुदा रुदै रुन छाड्ने गरी आफ्नो कोकिल कण्डवाट गीत घन्काउछे, आफै खुशीले रमाउछे, नाच्छे जुन म अनी मायाको अभावमा यस्ता क्रियाकलापवाट मनमा झ्न पीडा वेदना प्रष्ट रुपमा झल्किएका हुन्छन, आँखा रसाई मनमा छुट्टै पीडाको अनुभूतीले डेरा जमाउछन् । 
जवरजस्ती हाँस्छु अनी आफै मन वहकिदै ओठको आकृती नै विग्रीई रुन्चे ओठमा रुन्चे हाँसो छाउदा मन्द मन्द भित्री हदृयवाट हाँसो मेरो ओठमा छाउछ, भन्नेले पागल भन्छन, सुन्नेले महामुर्ख ठान्लान, साथीहरुको नजरमा गिरेको मान्छे मानिएला, जुन रुपमा जस्तो सुकै वदनामीका उपनाम लिन तयार छु मेरो भित्री हृदय । उसको त्यो निस्वार्थीरुपी माया, अजम्वरीमाया, चोखो माया जस्तो देखिने कहिलै सहन सक्दिन । जुन हृदय नराम्रोसँग कहिल्यै नमेटिने गरी अतित वनिरहेको छ, जुन हृदयले मेरो जीवन नै संसार ठान्ने, मलाई देउता मानी पुरा गर्ने प्रेमीकासँगको प्रश्न खोजिरहेको छ, जव अन्तरआत्मा देखि लुकिएको प्रश्नको उत्तर पाउछे तव मात्र उसले लागि माया दिन त परै जाहोस, सोच्नसम्म पनि सक्दीन .................
~~~समाप्त~~~~ 

Monday, July 9, 2012

मनको कथा संग्रह — ३

(प्रियसीलाई मनको चिठी)
प्रिय...
सुरुवात कसरि, गरु आफ्नो कथा मलाइ नै थाहा छैन हुन जहा जानु गए नि जे गर्नु गरे नि तर तिमि मेरि साथि हौ तर पनि डर लाग्छ डर लाग्छ तिम्रो मेरो साथ छुट्ने हो कि ? तर पनि आज तिम्रो मेरो सम्बन्धको अर्थ खोज्न कर लाग्यो जुन दिन देखि तिमि आयौ, खुसि उमङ्ग छाइदिदा, मनमा बहार आइदिँदा, तिमिलाइ नै सम्झिरहन्छु चन्द्रमा आकाशमा उदाउदा लाग्छ तिमि झै, जुनलाइ सोधिहेर कति रात जागि बसे छिन छिन मै हाँस्न मन लाग्छ, छिन छिन मै रुन मन लाग्छ, लाखौँ पटक मैले कोसिस गरें बिर्सन्छु कि तिमिलाइ भनि तर फेरि पनि तिम्रो तस्बिर आँखामा छाइरहन्छ सुनसान रातमा जुन हेर्दै टोलाउँछु ताराहरुमा तिमिलाइ देख्छु किन मलाई यस्तो गर्यौ तेस्तो कहिल्यै थिइन लाग्छ मलाइ, प्रेममा जिवनको पहिलो पटक परेको छु , हो…… हो…… मेरि माया, माया गर्छु तिमिलाइ , माया लाउँन धेरैले खोजे, बाटो हिड्नेले धेरैले हेरे, तर यो मनले रोज्यो तिमिलाइ, हरपल तिम्रै मुस्कानको यादले सताउँछ अनि पिरोल्छ मलाई, त्यसैले आज तिमिलाइ माया माया गर्छु तिमिलाइ नै भन्न चाहन्छु
त्यसैले स्विकार नकार खुसि तिम्रो नै चाहन्छु तिमिलाइ अन्तिम सास रहुन्जेल सम्मै I love u, तिमि मस्किदा अनि जिस्किदा छिन छिन मै रिसाउँदा मेरो मनमा हलचल मचाउँछ , तर तिमिले हेर्दा कसैलाइ गाह्रो हुन्छ यो मनलाइ , तिमिलाइ थाहै होला तिमि रुँदा एक्लै हुँदा पनि रोएको थिएँ, हुन माया जोखेर जोख्न सकिन्न तर कसरि भनुँ कत्ति माया गर्छु , कति कुरा नभनेर नै मिठा मिठा मिठा हुन्छन् त्यसैले अब तिमिले मेरो मनको कुरा बुझ्यौ होला जब सम्म जिवन रहन्छ तिम्रो लागि माया रहन्छ भन्ने कुरा सधे याद राखि राख, मैले मेरो मनको कुरा पोखें तर तिम्रो उत्तर के हुन्छ भन्ने थाहा छैन
हुन जिन्दगिको के भरोसा, मैले मेरो मनको कुरा पुरा गर्न शिबजिलाइ भनेको थिए तर शिब मान्दै मान्दैन, अब तिम्रो पालो हो मेरो मनको कुरा बुझ्ने माया मलाइ गर या नगर तिमिलाइ माया गर्छु, सपनाको संसार धेरै नै रमाइलो तर यथार्थमा ज्युने गर्याछु तिमिले मलाइ टुक्र्याए पनि आफ्नै आगनमा इनार बनाउने छु, साँझको बेला झरि परे झैँ लाग्ने टुट्नु थियो टुट्यो मुटु अब जोड्दिन भनेर चित्त बुझाउँला लाग्छ मलाइ तिम्रो ह्रिदयमा मेरो लागि प्रेम पालाउनै सकेन छोडेर जान्छु भन्छौ तिमि तर मैले चाहेको त्यस्तो होइन भन्ने तिमिलाइ थाहा छैन होला अब माया गर्छु मात्र तिमिलाइ एक बार होइन जुनि जुनिलाइ भन्दै अहिलेलाइ दिन पनि बित्यो रात पनि बितयो त्यसैले सम्झिनेलाइ सम्झना मुटु भरिको माया तिमिलाइ भन्दै बिदा हुन्छु...emoticon Arjun paudel

सल्लाह सुझाव छोड्नुहोस

मनमा दृढ बिश्वास जिबन कुनै बिशाल कुनै बिराट, कुनै ब्यापक, कुनै महत्वपुर्ण, कुनै उपयोगी कार्यका लागि नै हो ~ ARJUN Paudel